युक्रेनको खर्किभ सहरमा रकेट आक्रमण

[sharethis-inline-buttons]

काठमाडौँ — रुसले युक्रेनको दोस्रो सहरमा रकेट आक्रमणलाई निरन्तरता दिँदै ‘प्याराट्रुपर’लाई ओरालेको छ । रुसले युक्रेनमाथि उत्तर, पूर्व र दक्षिणबाट आक्रमण तीव्र पार्दा देशको दोस्रो धेरै जनसंख्या रहेको खर्किभमाथि नियन्त्रणका लागि मंगलबार राति भीषण हवाई आक्रमण गरेको बताइएको छ ।

सो क्रममा २१ जना सर्वसाधारण मारिएको सो सहरका मेयरले बताएका छन् । रुसले क्षेत्रीय प्रहरी कार्यालय र विश्वविद्यालयमा समेत रकेट प्रहार गरेको बताइएको छ । सो सहरमा भीषणयुद्ध सुरु भएको समाचारहरु आएका छन् । यसैबीच, रुसको रक्षा मन्त्रालयले सामरिकरुपमा निकै महत्वपूर्ण मानिएको ‘ब्लाक सी’स्थित बन्दरगाह केरसनमाथि नियन्त्रणमा लिएको दाबी गरेका छन् । तर, अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई केरसनको अवस्थामा बारेमा युक्रेनी अधिकारीहरुको परस्पर विरोधी भनाइ आएका छ्न् ।

मेयरले अहिले पनि सो सहर युक्रेनीको नियन्त्रणमा रहेको दाबी गरे पनि अन्य अधिकारीहरुले रुसले पूर्णरुपमा नियन्त्रणमा पुगेको बताएका छन् ।यसैगरी, रुसी सेनाको ६४ किलोमिटर लामो बख्तरबन्दहरुको लस्कर राजधानी किभभन्दा २४ किलोमिटर नजिकै पुगेको बीबीसीले जनाएको छ । मंगलबारमात्रै रुसी सेनाले राजधानीमा रहेको टेलिभिजनको टावरमा हवाइ आक्रमण गर्दा ५ जनाकोमृत्युभएकोअधिकारिहरुले बताएका छन् ।

सैबीच अमेरिकामा सांसदको संयुक्त सदनमा सरकारको कार्यक्रम प्रस्तुत गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनलले पश्चिमा देसहरुको प्रतिक्रियालाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले नजरअन्दाज गरेको बताएका छन् ।रुसले एक साताअघि युक्रेनमाथि आक्रमण सुरु गरेपछि अमेरिकाको नेतृत्वमा पश्चिमा देशहरुले आर्थिक नाकाबन्दीको घोषणा गरेको छ । अमेरिकाले रुसी विमानहरुमाथि आफ्नो हवाई क्षेत्रमा प्रवेश गर्न प्रतिबन्ध लगाउने तयारी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । युरोपेली संघ र क्यानाडापछि अमेरिकाले रुसमाथि प्रतिबन्धको तयारी गरेको हो ।