अनिता भुजेल
बर्दिवास,महोत्तरी
मन्त्री,नेतालाइ कुर्सी टिकाउने चिन्ता
ब्यापारीलाई कालो धन्दा बिकाउने चिन्ता
उद्यमीलाई राम्रो बजारको चिन्ता
गरिबलाई छार्क टार्न हजारको चिन्ता
कृषकलाई मुरी मानोको चिन्ता
भिखारीलाई आफनो छानोको चिन्ता
अल्पआयु रोगीलाई अब मर्छु भन्ने चिन्ता
शताब्दी पार गर्नेलाई बाँच्छु भन्ने चिन्ता
डाक्टरलाई बिरामी नभएमा चिन्ता
आफन्तलाई बिरामी भएमा चिन्ता
हुने खानेलाई बलियो गेटको चिन्ता
हुदा खानेलाई खाली पेटको चिन्ता
सपुतलाई बैरी कहिले भुटौँ भन्ने चिन्ता
कपुतलाई देश कहिले लुटौ भन्ने चिन्ता
साहित्यकारलाइ साहित्य धारको चिन्ता
कलाकारलाई सधै प्यारको चिन्ता
वकिललाई सधै केशको चिन्ता
शुन्दरीलाई सधै फेसको चिन्ता
देशभक्तीलाई सधै देशको चिन्ता
चिन्तै,चिन्ताको संसारमा चिन्ताकै राज छ
जय हो चिन्ता !!!