आज्ञा सम्वाददाता
सुनसरी
सुनसरीमा गए राति ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा कोसी–८ भण्टाबारीका स्थानीय ६० वर्षीय भरत सहनी रहेका छन् । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्र२–०३–००१ख २५०५ नंको ट्रकले सोही दिशाबाट आउँदै गरेका साइकलयात्री सहनीलाई ठक्कर दिएका थियो ।
ठक्करबाट गम्भीर घाइते सहनीको उपचारका क्रममा जिल्ला अस्पताल इनरुवामा मृत्यु भएको प्रहरीले जानएको छ। ट्रक चालक सर्लाहीको परवानीपुरका ५४ वर्षीय लासादोर्जे जिम्बालाई प्रहरीले नियन्त्रणमा लिएको बताईएको छ ।