ए डिभिजन लिगमा मनाङ मर्स्याङ्दी क्लबको लगातार दोस्रो हार

[sharethis-inline-buttons]

काठमाडौं,८ फागुन ।

शहीद स्मारक ए डिभिजन लिगमा मनाङ मर्स्याङ्दी क्लब लगातार दोस्रो खेल हारेको छ । १२औं चरण अन्तर्गत आइतबार भएको खेलमा मनाङ एनआरटीसँग १–० गोलअन्तरले स्तब्ध भयो ।

दशरथ रंगशालामा एनआरटीका लागि मेसुके ओलोमोउले पहिलो हाफमा गरेको गोल निर्णायक बन्यो । उनले २६औं मिनेटमा एरिक विष्टको फ्रिकिक उपयोग गरी बक्सभित्रबाट गोल गरेका थिए ।

जितपछि १२ खेलबाट २० अंकसहित एनआरटी अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ । समान २० अंक नै भए पनि हेड टू हेडमा पछि पर्दै मनाङ तेस्रो स्थानमा झरेको छ ।
एनआरटीका मुख्य प्रशिक्षक राजुकाजी शाक्यले महत्त्वपूर्ण तीन अंक हासिल भएकोमा खुसी व्यक्त गरे ।