भ्रष्टाचारविरुद्ध माओवादीले मात्रै बोल्ने नैतिक अधिकार राख्छ : प्रचण्ड

[sharethis-inline-buttons]

आज्ञा खबर
काठमांडौ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सांसद बन्न करोडौँ खर्च गर्नेपर्ने अवस्था भएको बताएका छन्।

सांसद नबनी मन्त्री र प्रधानमन्त्री बन्न नपाइने भन्दै उनले पैसा खर्च गर्ने प्रवृत्ति बढेर गएको बताएका छन्।

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको स्मृतिमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्।

‘सांसद हुने बेलामा करोडौं खर्च गरेर किन सांसद हुन्छन् भने सांसद नभई मन्त्री र प्रधानमन्त्री हुन पाइँदैन। मन्त्री र प्रधानमन्त्री हुनलाई करोडौं खर्च गर्नेपर्ने भयोु, उनले भने।

सांसद बनिसकेपछि मन्त्री बन्न पनि अनेकन खेलहरु हुने गरेको प्रचण्डले बताएका छन्।

‘अनि सांसद भइसकेपछि मन्त्री हुन फेरि त्यहाँ पनि अनेक खेलहरु चल्न पर्‍यो। मन्त्री भइसकेपछि लगानी उठाउनुपर्यो। त्यसकारण भ्रष्टाचार संस्थागत भएको हो,’ प्रचण्डले भने, ‘यसविरुद्ध माओवादीलाई मात्रै वैधानिक राजनीतिक र नैतिक रुपले बोल्ने अधिकार छ।’

हिजोको स्थानीय चुनावबाट पाठ सिक्दै सकेसम्म गठबन्धनभित्र सबैलाई न्याय हुने किसिमले तालमेल होस भनेर कोसिस भइरहेको उनले बताए

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...