मधेश प्रदेश सरकारद्वारा बजेट ३४ प्रतिशत मात्रै खर्च

[sharethis-inline-buttons]

बर्दिवास, असार ५ गते ।

मधेश प्रदेश सरकारले यस वर्षको जेठ मसान्तसम्ममा ३४ प्रतिशत बजेट मात्रै खर्च गर्न सकेको छ । चालु आर्थिक वर्ष ०७७/०७८ को तेश्रो चौमासिकको अन्तिम जेठ मसान्तसम्म ३४ प्रतिशतको हाराहारीमा बजेट खर्च गरेको छ ।मधेश प्रदेश सरकारले यस वर्षको जेठ  मसान्तसम्ममा ३४ प्रतिशत बजेट मात्रै खर्च गर्न सकेको छ । चालु आर्थिक वर्ष ०७७/०७८ को तेश्रो चौमासिकको अन्तिम जेठ मसान्तसम्म ३४ प्रतिशतको हाराहारीमा बजेट खर्च गरेको छ ।

प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ३३ अर्ब ७९ करोड १४ लाख ३० हजार रुपैयाँको बजेट विनियोजन गरेकोमा विभिन्न शिर्षकमा संघीय सरकारबाट ४३ करोड ५५ लाख ८३ हजार रुपैयाँ थपिएपछि कुल बजेट चालु आर्थिक वर्षको कुल ३४ अर्ब २२ करोड ७० लाख १३ हजार रुपैयाँ बजेट पुगेको छ ।स्वेलिंग बजेट थप भएपछि चालु तर्फ १५ अर्ब १६ करोड ८३ लाख १६ हजार रुपैयाँ र पुँजीगत तर्फ १६ अर्ब ५ करोड ८६ लाख ४७ हजार रुपैयाँ भएको छ भने सोही अनुसार नयाँ बजेट बनेको प्रदेश लेखा नियन्त्रक कार्यालयका प्रमुख राधेश्याम गिरीले जानकारी दिएका छन् ।

मधेश प्रदेश सरकारको प्रवक्ता तथा अर्थ मन्त्री शैलेन्द्र साहले स्थानीय तह निर्वाचनको कारणले गर्दा बजेट खर्च हुन नसकेको बताए । मन्त्री साहका अनुसार बजेट खर्च हुने समयमै अर्थात वैशाख र जेठ महिना निर्वाचन भएपछि सो अवधिमा कुनै काम हुन सकेन । तर अब बजेट खर्चले गति लिने उनको भनाइ छ ।

चालु आर्थिक वर्षको मसान्तमा तीव्रगतिमा गरिने खर्चले विभिन्न प्रश्न समेत पटक पटक उठ्ने गरेपनि प्रदेश सरकारले भने त्यस तर्फ बेवास्ता गरेको देखिन्छ । असार महिना देखि हुने वर्षायाममा गरिने विकास निर्माणको नाम खर्चले बजेट रित्याउने बाहेक केही काम हुन नसकेको गुनासोले यस वर्षपनि निरन्तरता पाउने देखिन्छ ।गत आर्थिक वर्ष ०७७/०७८ मा ६५.३९ प्रतिशत मात्रै मधेश प्रदेश सरकारले बजेट खर्च गर्न सकेको थियो । रातो पाटी

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...