स्टेट पार्टनरसीप प्रोग्राममा : तत्काल सम्झौता नगर्ने देउवाको संकेत

[sharethis-inline-buttons]

काठमाडौँ —

सत्ता गठबन्धनमै संकट आउने देखेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो अमेरिका भ्रमणमा स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) मा तत्काल सम्झौता नहुने संकेत गरेका छन् । ७/८ वर्षदेखि नै चर्चामा रहेको यस विषयलाई देउवा आफ्नो अमेरिका भ्रमणको मुख्य एजेन्डा बनाएर सम्झौता गर्ने तयारीमा थिए ।

तर सत्ता सहयात्री वामपन्थी दलहरूबाटै चर्को विरोध भएपछि देउवा हच्केका छन् । निर्वाचनको मुखमा ‘राष्ट्रवाद’ को मुद्दासँग जोडेर वामपन्थी ध्रुवीकरण हुन सक्ने खतरा देखिएपछि प्रधानमन्त्रीले तत्काल सम्झौता नहुने संकेत गरेको बालुवाटार स्रोतले जनाएको छ । ‘यसबारे उठेका आशंका र प्रश्नहरूमा भोलि (बुधबार) संसद्मा प्रधानमन्त्रीका तर्फबाट मन्त्रीहरूले प्रस्ट पार्ने तयारी छ,’ स्रोतले भन्यो ।

प्रतिनिधिसभा बैठकमा मंगलबार परराष्ट्रमन्त्री नारायण खड्काले एसपीपी हिन्द–प्रशान्त रणनीतिको हिस्सा नभएको भन्दै सम्झौता हुन सक्ने संकेत गरेका थिए । संसद्मा खड्काले दिएको अभिव्यक्तिबाट सत्ता गठबन्धनभित्रै अविश्वास बढेपछि प्रधानमन्त्रीका तर्फबाट मन्त्रीहरूले बुधबार जवाफ दिने तयारी गरेको स्रोतको भनाइ छ ।

प्रधानमन्त्री देउवाबाट प्रस्ट धारणा आइनसकेका कारण कांग्रेस नेताहरूले सार्वजनिक रूपमा बोल्दा भने प्रमुख प्रतिपक्ष र सत्ता गठबन्धन दलकै नेताहरूबाट उठेका आशंकाको प्रतिवाद गर्दै सम्झौता हुने आशय राखेका छन् । नेता विश्वकर्माका अनुसार सम्झौतापछि करिब ५ मिलियन अमेरिकी डलर सहयोग प्राप्त हुनेछ, जुन सहयोग नेपाली सेनाको दक्ष्ँता र क्षमता अभिवृद्धिसँग सम्बन्धित छ । ‘यसबाट तालिम, सैन्य सामग्री प्राप्त हुन्छ ।

यो अन्तर्राष्ट्रिय क्षेत्रमा शान्ति सेनाको मिसनमा खेलेको भूमिकालाई प्राथमिकतामा राख्दै नेपाली सेनास“ग तालिममा साझेदारी गर्ने, नेपाली सेनालाई सहयोग गर्ने र समग्रमा सेनाको आधुनिकीकरण गर्ने कार्यक्रम हो,’ उनले थपे, ‘विपक्षी र गठबन्धन दलकै कतिपय नेताले उठाएजस्तो यो इन्डो–प्यासिफिक रणनीतिको हिस्सा होइन ।’

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...