दोश्रो मेयरकप वडा स्तरीय क्रिकेट प्रतियोगिता २०८१ को फाईनल खेलको प्रथम उपाधि बर्दिवास १ ले उचाल्यो

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास
बर्दिवास नगरपालिकाका मेयर प्रह्लाद कुमार क्षेत्रीले बर्तमान समयमा लागु औषधको दुर्ब्यशन आगो जस्तै सल्कि रहेको बताएका छन् । महोत्तरीको बर्दिवासमा बुधवार बर्दिवास नगरपालिकाको आर्थिक सहयोगमा सर्च ०४४ खेलकुद तथा सांगितिक समुहले आयोजना गरेको दोश्रो मेयरकप वडा स्तरीय क्रिकेट प्रतियोगिता २०८१ को फाईनल खेलको समापनमा बोल्दै उनले सो कुरा बताएका हुँन । उनले
लागु औषध दुर्ब्यशन आगोको झिल्को जस्तै एउटा घरबाट शुरुभएर टोल,वडा,नगर हुँदै प्रदेश र देशभरीनै फैलिएर बिकराल समस्या बनेको जनाए । मेयर क्षेत्रीले यसको न्युनिकरण तथा उन्मुलन कालागी कुनै एक पक्षले चाहेर मात्रै सम्भब नभएकाले यो दल,दलबाट युवा पिढीलाई जोगाउन परिवारको अभिभाबक,सदस्य,प्रहरी,प्रसाशन तथा सिङ्गो समाज लाग्नुपर्ने जनाए । मेयर क्षेत्रीले खेलको माध्यमबाट सम्भब नभएका कुलतमा फसेका युवाहरुलाई मनोपरामर्शकर्ता तथा बिभिन्न उपचार पद्दतीबाट उपचार गराई समाजमा पुनर स्थापनागर्न बर्दिवास नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे । समापन कार्यक्रमलाई सम्बोधन गर्दै बर्दिवास नगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत राममणी अधिकारीले खेल समाजको आधार स्थापितगर्ने माध्यम भएको बताए ।
उनले खेलले खेलाडीभित्र उर्जा जगाउने मात्रै नभई समाजमा अनुसाशीत बन्न सिकाउने समेत भएकाले समाजमा खेलको स्थान महत्वपुर्ण रहेको बताए । अधिकारीले खेलाडीलाई बिद्यालय स्तरबाटै खेलको माध्यमबाट जोड्दै क्लब, नगर र जिल्ला हुँदै राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरसम्म पुर्याउनुपर्नेमा जोड दिए । प्रमुख प्रशाशकीय अधिकृत अधिकारीले खेलमा बिजेता उप बिजेता समुहका सम्पुर्ण खेलाडीलाई धन्यवाद दिंदै आगामी दिनहरुमा समेत उत्कृष्ट खेल प्रदर्शन गरेर बर्दिवासकै गहनाको रुपमा स्थापित हुन आग्रह गरे । उनले खेलाडीको उत्साह जगाउने कार्यमा नगरपालिकाको भुमिका सदैब अग्र स्थानमा रहने बिचार ब्यक्त गरे ।

महोत्तरीको बर्दिवासमा सञ्चालित दोश्रो मेयरकप वडा स्तरीय क्रिकेट प्रतियोगिता २०८१ को फाईनल खेलको प्रथम उपाधि बर्दिवास १ ले उचालेको छ ।

खेलमा वडा नम्बर १ ले वडा नम्बर १२ लाई २० ओभरको खेलमा ६ विकेट गुमाउँदै १८ ओभरमा १ सय १२ रन बनाउदै बिजयको प्रथम उपाधि उचालेको हो । प्रथम हुने बर्दिवास १ को टिमलाई रु ५१ हजार नगद,ट्रफि र प्रमाणपत्र प्रदान गरीएको छ ।

बर्दिवास नगरपालिका वडानम्बर २ स्थित रंगशालाको खेल मैदानमा भएको खेलमा टस जितेर बर्दिवास १ ले पहिला बलिङ रोजेको थियो । यसैक्रममा वडानम्बर १ का लागी बादल भुजेलले सर्वाधिक २३ रन बनाउँदै महत्वपूर्ण योगदान गरे । वडा नं. १२ ले वडा नं. १ का लागि १ सय १२ रनको लक्ष्य दिएको थियो ।

बर्दिबास मेयर कप क्रिकेट २०८१ को फाईनल खेलमा बर्दिवास १२ ले १० विकेट गुमाउदै १ सय ११ रन बनाएर दोश्रो भएको थियो । बिजेता दोश्रो टिमलाई बर्दिवास नगरपालिकाका मेयर प्रह्लाद कुमार क्षेत्रीले रु २५ हजार नगद,ट्रफि र प्रमाणपत्र प्रदान गरेको सो खेल समितिका संयोजक ईमेज शाहले जानकारी दिए ।
आजको खेलमा वडा नम्बर १२ को तर्फबाट बिकास थापाले सर्बाधिक ३८ रन बनाएको आयोजक संस्थाले जनाएको छ । फाईनल खेलको बेस्ट बलर वडा नम्बर १ का पिपल लामा भए ।

उनले हालसम्म ८ विकेट ढलाए । त्यसैगरी बेस्ट ब्याड्स म्यान वडा नम्बर १ कै राजकुमार भुजेल घोषित भए । उनले खेल अबधिभरमा १ सय २२ रन बनाए । त्यस्तै खेलमा वडानम्बर १२ का बिकास थापा बेस्ट फिल्डर घोशित भए । उनिहरुलाई बर्दिवास नगरपालिकाका मेयर प्रह्लाद कुमार क्षेत्रीले ट्रफि र प्रमाणपत्र प्रदान गरेको बताईएको छ ।