मधेश सरकारले पत्रकारको विमा गरीदिने

[sharethis-inline-buttons]

माधव पौडेल

वर्दिबास । मधेस प्रदेशमा क्रियाशिल पत्रकारहरुको बिमा गर्ने भएको छ । गृह, सञ्चार तथा कानुन मन्त्रालयले एक कार्यक्रमबिच राष्ट्रिय बीमा कम्पनी लिमिटेडसँग सम्झौता गरेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ । करीव ७५० जना सञ्चारकर्मीहरुको स्वास्थ्य बिमा गर्ने भएको हो ।

विमा कार्यक्रममा सामूहिक दुर्घटना तथा औषधि उपचार (स्वास्थ्य) बीमा गर्ने सम्झौता गरेको छ । गृह मन्त्रालयको कार्य क्षेत्रसमेत रहेको आम सञ्चार प्राधिकरणले राष्ट्रिय बीमा कम्पनी लिमिटेडमार्फत प्रतिव्यक्ति ७ लाख रुपैयाँको स्वास्थ्य बीमा गर्ने सम्झौता भएको मुख्यमन्त्री सतिश सिंहले जानकारी दिए । श्रमजीवी पत्रकारहरूको हकहितका लागि स्वास्थ्य बीमा गर्न लागिएको हो । पत्रकार महासंघ तथा पत्रकार सम्बद्ध विभिन्न संघसंगठनको अनुरोधमा प्रदेशका श्रमजीवी पत्रकारहरुको स्वास्थ्य बीमा गर्न लागिएको उनको भनाइ छ ।


मधेश प्रदेश आम संचार प्राधिकरणका अध्यक्ष श्याम सुन्दर यादवले आज्ञा खवर संग कुरा गर्दै क्रियाशिल पत्रकारहरुलाई मात्र विमा गर्ने गैर पत्रकारहरुलाई सिफारीस नगर्न आग्रह गरेका छन् । अहिले निष्कृय र गैर पत्रकारहरुलाई पनि सेवा सुविधाको लागि सिफारीस गर्ने चलन रहेको हुँदा तेसो नगर्न उनले सवैलाई अनुरोध गरेका छन् । यो महिनाभरी मात्र आवेदन भर्ने म्याद दिएको उनले वताए ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...