चलचित्र बिकास बोर्डको सल्लाहकार समिति संयोजकबाट नीर शाहले दिए राजीनामा

[sharethis-inline-buttons]

आज्ञा खबर
काठमांडौ
चलचित्र विकास बोर्डको सल्लाहकार समितिको संयोजक पदबाट अभिनेता नीर शाहले राजीनामा दिएका छन्।

बोर्डका अध्यक्ष भुवन केसीले तीन महिनाअघि शाहको संयोजकत्वमा सल्लाहकार समिति गठन गरेका थिए। बोर्डको विवादस्पद गतिविधिप्रति चित्त नबुझेको भन्दै उनीसँगै रवीन्द्र खड्का, दीपाश्री निरौला, सुशान्तकुमार श्रेष्ठ र आकाश अधिकारीले पनि राजीनामा दिएका छन्।

’पछिल्लो समय बोर्डमा सल्लाहकार समितिको कुनै कुरामा संलग्नता देखिएन केशव भट्टराईको भनाई थियो।
अभिनेता शाहले सल्लाहकार समितिबाट बाहिरिनुको कारण बताउँदै भने, ’फिल्मको छायांकनमा व्यस्त भएपछि सक्रिय भएर समिति हेर्न पाइएन। एउटा साधारण कारणले छाडेको हुँ, त्यस्तो खास कारण केही होइन।’

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...