आज्ञा खबर
सुनको ‘नक्कली बिस्कुट’ देखाएर ठगेको आरोपमा काठमाडौं महानगरपालिका–३२ कोटेश्वरबाट प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । मंसिर २७ मा कोटेश्वरस्थित इलामेली गेष्ट हाउसबाट आरोपीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
पक्राउ पर्नेमा प्युठान नगरपालिका–८ घर भएर कोटेश्वर बस्ने ३५ वर्षीय लिलबहादुर परियार, मकवानपुर घर भएका ५६ वर्षीय अक्कलबहादुर तामाङ, झापाको बाह्रदशी गाउँपालिका घर भएका ४४ वर्षीय दीपक तामाङ, ४२ वर्षीया पम्फा तामाङ, ४७ वर्षीय दुर्गा भुजेल र ४० वर्षीया मालती भुजेल छन् ।आरोपीहरुलाई प्रहरी वृत गौशालाले ठगी मुद्दामा म्याद लिएर अनुसन्धान गरिरहेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले आरोपीहरुको साथबाट ६ वटा सुनको ‘नक्कली बिस्कुट’ बरामद गरेको छ । प्रहरीले उनीहरूको साथबाट ९४ हजार नगद र १० रूपैयाँ दरको १ सय २ थानको एक बन्डल नगद बरामद गरेको छ । सो बण्डन उनीहरूले ठग्नका लागी प्रयोग गर्ने गरेको अनुसन्धानबाट थाहा भएको छ ।रातोपाटी
