३० वर्ष कैद तोकिएका फरार प्रतिवादी कारागार चलान

[sharethis-inline-buttons]

आज्ञा खबर

३० वर्ष कैद सजाय तोकिएपछि फरार भएका एक जना प्रतिवादीलाई प्रहरीले बर्दियाबाट पक्राउ गरेको छ ।  बर्दियाको ठाकुरबाबा नगरपालिका –८ घर भएका २४ वर्षीय टोपे भन्ने अजिव बुढाक्षेत्रीलाई सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।जिल्ला अदालत बर्दियाको २०७३ पुस २४ मा उनलाई कर्तव्य ज्यान मुद्दामा १९ वर्ष ११ महिना ६ दिन कैद र प्रहरी घेरा तोडेर भागेको मुद्दामा समेत ३० वर्ष कैद सजाय हुने फैसला गरेको थियो । मुद्दा फैसला पछि फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । ठाकुरबाबा नगरपालिका–८ बस्ने ६९ वर्षीय जोरा सिंह भन्ने जोरे थापा आफ्नै घरको बरन्डामा सुतिरहेको अवस्थामा २०७२ फागुन ५ गते राति अजिवले घरायसी रिसइबीका कारण दाउ प्रहार गरेर हत्या गरेका थिए । हत्या आरोपमा त्यतिवेला पक्राउ परेका बुढाक्षेत्री २०७२ फागुन ३० गते बर्दिया जिल्ला अदालतमा उपस्थित भएर बयान सकिएपछि शौचालय जान्छु भन्ने बहाना गरेर भागेका हुन् । उनी शौचालयको भेन्टिलेसनबाट निस्केर फरार भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

पक्राउ पछि उनलाई अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय बर्दिया चलान गरिएको छ । साभार: रातोपाटि