राजकीय सम्मानका साथ महारानी एलिजाबेथ द्वितीयाको अन्तिम विदाई

[sharethis-inline-buttons]

आज्ञा खबर
काठमांडौ
बेलायती महारानी एलिजाबेथ द्वितीयाको राजकीय सम्मानका साथ सोमबार ब्रिटेनको राजधानी लण्डनस्थित प्रसिद्ध गिर्जाघर वेस्टमिन्स्टर अन्तिम संस्कारसँग सम्बन्धित कार्य सम्पन्न भएको छ।

विन्ड्सर काशलस्थित सेन्ट जोर्जेज् च्यापलमा पु¥याइएको महारानीको शवपेटिकालाई अन्तिम बिदाइ स्वरूप ’कमिटल सर्भिस’ आयोजना गरिएको थियो। त्यसपछि उनलाई त्यहाँ निर्दिष्ट स्थानमा समाधिस्थ गरियो।

त्यसअघि विन्ड्सरमा शवयात्राका क्रममा हजारौँ मानिसको भिड देखिएको थियो।

अन्तिम संस्कारमा अमेरिकी राष्ट्रपति जो बाइडनसहित अधिकांश मुलुकका राष्ट्रप्रमुख सहित अतिविशिष्ट पाहुनाको उपस्थिति थियो।

राजा चार्ल्स तृतीयले मलिन भावमा आफ्नी आमाको शवपेटिका पछाडि रहेर वेस्टमिन्स्टर हलदेखि एबीसम्मको शवयात्राको नेतृत्व गरेका थिए।
महारानीको शव पेटिका वेस्टमिन्स्टर एबीमा प्रवेश गर्दा भजन मण्डलीले सङ्गीतबद्ध ढङ्गले श्लोकहरू गाएका थिए। जुन परम्परा १८औँ शताब्दीयताका राजकीय अन्तिम संस्कारका कार्यमा चलेको छ। प्रधानमन्त्री लिज ट्रसले धार्मिक ग्रन्थको एक अध्याय पाठ गरिन्।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...