चारकिलोमा पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक बन्द

[sharethis-inline-buttons]

आज्ञा खबर

चितवनः नारायणगढ–मुग्लिन सडक बन्द भएको छ । बर्खा लागेसँगै यस ठाउँमा पटक–पटक पहिरो खसेर सडक बन्द हुँदै आएको छ। जसका कारण यात्रुले सास्ती बेहोर्दै आउनुपरेको छ । चितवन जिल्ला प्रहरी कार्यालयका अनुसार चितवनको इच्छाकामना ६ चारकिलोमा बिहान साढे ११ बजेतिर सुक्खा पहिरो खसेपछि सडक दुईतर्फी बन्द भएको हो।
अहिले सडक खुलाउनका लागि सडक विभागसँग समन्वय भइरहेको चितवनका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिनुभयो ।