सृष्टि श्रेष्ठको ‘राधा’ भदौ १० मा रिलिज हुने

[sharethis-inline-buttons]

काठमाडौं –

सृष्टि श्रेष्ठ अभिनित फिल्म ‘द सिक्रेट्स अफ राधा’को प्रदर्शन मिति अगाडि सारिएको छ । पूर्वनिर्धारित मिति भदौ २४ गतेभन्दा झण्डै दुई साताअघि नै फिल्म रिलिज हुने भएको छ ।फिल्मले मंगलबार नयाँ पोस्टर सार्वजनिक गर्दै भदौ १० गतेलाई नयाँ रिलिज मितिको रुपमा तय गरेको छ । फिल्मको पोस्टरमा सृष्टिले काखमा बच्चा लिएको देख्न सकिन्छ ।

सुवर्ण थापा निर्देशित फिल्ममा पूर्वमिस नेपाल समेत रहेकी अभिनेत्री श्रेष्ठले एकल आमाको भूमिकामा अभिनय गरेकी छन् । थापा र सौगात मल्लले मिलेर फिल्म निर्माण गरेका हुन् ।फिल्म श्यामश्वेत भए पनि पोस्टर चाहिं रंगीन सार्वजनिक गरिएको छ । फिल्ममा सौगातसहित खगेन्द्र लामिछाने, मेनुका प्रधान, पशुपति राई, दिव्यदेव पन्त, पुष्कर गुरुङ, लोकेन्द्र लेखक लगायतको अभिनय छ ।