सविर र सविन एउटै फिल्ममा टाइअप

[sharethis-inline-buttons]

काठमाण्डौँ-

निर्देशक सविर श्रेष्ठ र अभिनेता तथा निर्माता सविन श्रेष्ठबीच नयाँ फिल्ममा जुगलबन्दी भएको छ । उनीहरुले मिलेर एक फिल्म निर्माण गर्न लागेका हुन् । बुधवार उनीहरुले कागजी सम्झौतामा हस्ताक्षर गरेका छन् । यसअघि सविनले सविरको निर्देशनमा दुई फिल्म ‘आधी बाटो’ र ‘रामप्यारी’मा काम गरिसकेका छन् । नयाँ फिल्ममा सविन निर्मातासँगै मुख्य भूमिकामा पनि देखिनेछन् ।

निर्देशक श्रेष्ठले अहिले फिल्मको स्क्रिप्टलाई फाइनल रुप दिने काम भइरहेको जानकारी दिँदै दशैं आसपासबाट छायांकन सुरु हुनसक्ने बताए । नाम गोप्य राखिएको फिल्ममा सविनको भूमिका कस्तो रहने भन्ने बारेमा फाइनल हुन बाँकी रहेको उनको भनाई छ । एक्सन र लभस्टोरी फिल्म निर्देशनमा आफूलाई प्रमाणित गरिसकेका उनी यसपटक केही नयाँ प्रयास गर्ने योजनामा छन् ।

त्यस्तै, सविनले यो फिल्ममा आफू अहिलेसम्मकै फरक भूमिकामा प्रस्तुत हुने दाबी गरे । उनले भने, ‘यसअघि मैले ‘हिरो रिर्टन्स’ फिल्म बनाएको थिएँ, त्यो कोरोनाले बर्बाद भयो । केही विजनेश पनि गरेको थिएँ, त्यो पनि कोरोनाले डुबायो । अब आफूले जानेकै काम गर्छु भनेर फिल्म निर्माण र अभिनयमा फर्किएको छु । फिल्ममा म अहिलेसम्मकै फरक र चुनौतीपूर्ण भूमिकामा देखिनेछु ।’

एक्सनमा राम्रो सम्भावना बोकेका सविन श्रेष्ठलाई अहिले एउटा हिट फिल्मको खाँचो छ । अभिनेत्री रेखा थापासँग सहकार्य गरेका फिल्मबाहेक उनका अन्य फिल्म सफल हुन सकेका छैनन् । कोरोना महामारीयता हप्तैपिच्छे रिलिज भएका दर्जनौं फिल्मले समेत उनको करिअर उठाउन सकेनन् । यसैले उनले फिल्ममा आफ्नो पूर्नजन्म गराउने जिम्मा निर्देशक सविर श्रेष्ठलाई सुम्पिएका छन् ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...