जनता समाजवादी पार्टी जसपाका केन्द्रीय प्रचारप्रसार विभाग प्रमुख प्रकाश अधिकारीमाथि आक्रमण

[sharethis-inline-buttons]

आज्ञा सम्वाददाता
महोत्तरी
जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय प्रचारप्रसार विभाग प्रमुख प्रकाश अधिकारीमाथि सिरहामा आक्रमण भएको छ । मंगलबार साँझ मिर्चैया नगरपालिका– ९ घुर्मीबजार नजिकै उनिमाथि आक्रमण भएको हो ।
पार्टीको कार्यकारणी सदस्य एवं कार्यालय सचिवसमेत रहेका उनीले सिराहा नगरपालिकाको बा.२झ ३६५१ नम्बरको सरकारी गाडी (स्कारपियो)को दुरुपयोग गर्दै सरकारी गाडी चुनाबमा प्रयोग गरेका अधिकारीमाथि उनकै कार्यकर्ताले बाँसको भाँटाले आक्रमण गरेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाका अनुसार शरीरमा चोट लागेका अधिकारीको घुर्मीस्थित लाइफलाइन हेल्थ केयरमा सामान्य उपचारपछि थप उपचारका लागि मिर्चैया पठाइएको छ । आक्रमणबाट गाडीमा पनि क्षति पुगेको छ ।

सिराहाका स्थानीय तहमा टिकट वितरणमा मनोमानी गरेको भन्दै जसपाकै असन्तुष्ट पक्षले उनको आलोचना गर्दै आएको थियो । आक्रमण गर्ने पक्ष पार्टी नेता राजकिशोर यादवको भाइलगायत रहेको अधिकारीको आरोप छ । ‘राजकिशोरको भाइ कासिन्द्र र पवितर यादवलगायत १५–२० जनाको समूहले ममाथि आक्रमण गरेको उनले बताएर