आज्ञा सम्वाददाता
बर्दिवास
नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य भवानी थापाले भुईका मानिसलाई सुरक्षित बसोवास र जग्गा धनी पुर्जाको ग्यारेन्टी माओबादीले गर्नकैलागी गोलेलाईे भुमि आयोग महोत्तरीको नेत्रित्व गर्न पठाएकोे बताएकि छिन।
महोत्तरीको जलेश्वरमा आयोजित भूमि आयोग महोत्तरीको अध्यक्ष ज्ञानबहादुर गोलेकोे पदभार ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले गरीब, दलित र भुमिहिनको समस्या समाधानको मुख्य ऐजेन्डा माओबादीले बोकेकाले अब महोत्तरीबाट नमुनाको रुपमा काम गरेर देखाउनुपर्ने समय आएको बताईन।
उनले पटक,पटक भुमि आयोग गठन भएपनी भुमिहिनको समस्या समाधान हुन नसकेकोमा चिन्ता ब्यक्त गर्दै गोले नेत्रित्वको आयोगले तिनबर्ष भित्रमा महोत्तरी जिल्ला भित्रको भुमिहिनको सबै समस्या समाधान गर्नेगरी काम गर्ने प्रस्ट पारीन।
उनले यो आयोगले अहोरात्र खटेर सर्बहारा सुकुम्बासीको पक्षमा कामगर्नै हुनाले आगामी तिनबर्ष पछि महोत्तरीमा भुमि आयोग पुनह गठन गर्नु पर्नै आवश्यकता समेत नरहेको बताईन।
पदभार ग्रहण गर्दै अध्यक्ष गोलेले भूमि आयोगले कानुन बमोजिम भूमिहिनहरुलाई जग्गााको लालपुर्जा वितरण गर्ने उदेश्यले बनेकाले जिल्लामा वास्तविक भूमिहिनको पहिचान गरी लालपुर्जा वितरण गर्ने काम तिब्र रुपमा अघि बढाउने बताए।
उनले गरीब,दलित र भुमिहिनको पक्षमा कामगर्न कुनैै पनी कन्जुस्याई नगरीने बताउदै भुमि भित्रका बिचौलिया र दलालीकरणको समेत अब अन्त्य भएको बताए ।