२७ औ जनयुद्ध दिवस बर्दिवासमा नेकपा माओबादी केन्द्र र पुर्व जनमुक्ति सेना ले मनायो

[sharethis-inline-buttons]

सृष्टि क्षेत्री
बर्दिवास

२७ औ जनयुद्ध दिवसको अवसरमा महोत्तरीको बर्दिवासमा नेकपा माओबादी केन्द्रको वडा नम्बर ३ का वडा कमिटि र पुर्व जनमुक्ति सेना महोत्तरीले शुभकामना आदान प्रदान कार्यक्रम तथा रक्तदान गरि दिवस मनाईएको छ । ।
माओवादि केन्द्र वडा नम्बर ३ पार्टि कमिटिका अध्यक्ष नरहरी खनालको अध्यक्षतामा शुभकामना आदान प्रदान कार्यक्रम गरिएको हो । महोत्तरीको बर्दिवास ३ स्थित स्मिृती पार्कको योगध्यान सेन्टरमा गरिएकोे शुभकामना आदान प्रदान कार्यक्रममा माओबदी केन्द्रका महोत्तरी संयोजक तुलसी प्रसाद ढुङ्गाना वडा नम्बर ३ का ,वडाअध्यक्ष राजन प्रसाद ढुङ्गाना,नि ,बर्तमान सांसद निसा साह, अखिल नेपाल महिला संघ क्रान्तिकारीकी जिल्ला इन्चार्ज पवित्रा देवकोटा लगायतका पार्टिका नेता तथा कार्यकर्ताको सहभागिता थियो ।

कार्यक्रममा बोल्ने वक्ताहरुले जनयुद्धले ल्याएको परिणामले समाज रुपान्तरणमा उल्लेखनिय भुमिका खेलेको चर्चा गरेका छन् । उनिहरुले समाजमा बोल्ने स्वतन्त्रता समेत नपाएकाहरुले जनयुद्धपछि राज्यमा आफ्नो अधिकार माओवादिकै देनले चिनेको दाबि गरेका छन ।
बक्ताले हालका उपलब्धि आन्दोलनको उपलब्धि माओबादीको उपज भएकाले जनयुद्ध र जनआन्दोलनले यो दिवसको आफ्नै महत्व रहेको प्रस्ट पारे । यसैगरी दिबसलाई
उत्वसका रुपमा मनाउँनुपर्ने अखिल नेपाल महिला संघ क्रान्तिकारी महोत्तरीकी ईन्चार्ज पवित्रा देवकोटाले बताईन् ।
त्यस्तै जनयुद्ध दिवसका अवसरमा बर्दिवास बजारमा पुर्व जनमुक्ति सेनाको टोलीले रक्तदान कार्यक्रम गरेको छ । बर्दिवास रेडक्रस सोसाईटिको प्राविधिक सहयोगमा रक्तदान गरिएको पुवै पनमुक्ति सेनाका महात्तरी नेता बलिदान श्रेष्ठले जानकारी दिए ।
रक्तदान कार्यक्रममा ३० जनाले रगत दान गरेका छन् । जनयुद्ध दिवसका अवसरमा मधेस प्रदेश सरकारले आज सार्वजनिक विदा दिएको छ।