हावाहुरीले रुख ढल्दा च्यापिएर दुई विद्यार्थीको ज्यान गयो

[sharethis-inline-buttons]

जनकपुरधाम,
बिहीबार रातिदेखि चलेको हावाहुरीले मधेश प्रदेशको जनजीवन प्रभावित बनेको छ ।
हावाहुरीले रुख ढल्दा च्यापिएर दुई विद्यार्थीको ज्यान समेत गएको छ ।

धनुषाको सबैला नगरपालिका—१२ स्थित फकिरचन्द उच्च माविको प्रांगणमा रहेको मसालको रूख ढल्दा दुई विद्यार्थीको ज्यान गएको हो ।

ज्यान जानेमा सोहि बिद्यालयमा अध्यनरत ८ वर्षीया प्रतिमा कुमारी सदा र ७ वर्षिय अरबन्दी सदाको मृत्यु भएको धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरेले जानकारी दिए ।

दुबैजनाको टाउकोमै चोट लागि घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।