बर्दिवासबाट सीके राउतका जिल्ला उपाध्यक्षसहित १२ जना पक्राउ

[sharethis-inline-buttons]

निकेश खनाल

महोत्तरी :  जनमत पार्टीका १२ जना नेता तथा कार्यकर्तालाई महोत्तरीको बर्दिबासबाट पक्राउ गरिएको छ ।

किसान आन्दोलन अन्तर्गत पूर्व–पश्चिम राजमार्ग बन्द गराउन आन्दोलनरत डा. सीके राउत नेतृत्वको जनमत पार्टीका १२ जना नेता तथा कार्यकर्तालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

पक्राउ पर्नेमा जिल्ला उपाध्यक्ष मकसुधन महतो सहित पिपरा गाउँपालिकाका धिरेन्द्र साह, बर्दिबास–६ का विनोदकुमार महतो, बलवा नगरपालिका–६ का वडा अध्यक्ष नारायण साह, पिपरा गाउँपालिकाका अजितकुमार ठाकुर, गौशाला नगरपालिका–२ का वडा अध्यक्ष वीरेन्द्र महतो लगायत रहेका छन् । उनिहरुको बिषयमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...