काठमाडौ
सोनाम ल्होसारको अवसरमा बुधवार सरकारले देशभर सार्वजनिक बिदा दिने भएको छ ।
गृह मन्त्रालयले सोनाम ल्होसारको अवसरमा बुधवार सार्वजनिक बिदा दिइने निर्णय गरेको जनाएको हो ।
सोमबार बसेको मन्त्रिपरिषदको बैठकको निर्णय अनुसार गृहमन्त्रालयले एक सूचना जारी गर्दै सोनाम ल्होसारको अवसरमा देशभरका सबै सरकारी, सार्वजनिक संघसंस्थामा सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ ।