जिबनराज दहाल
बर्दिवास
महोत्तरीको बर्दिबास नगरपालिका–१ स्थित दुर्गा मन्दिरमा आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको आम्दानी तथा खर्च विवरण सार्वजनिक गरिएको छ । दुर्गा पूजा मन्दिर समितिले सोमबार (२०८३ कार्तिक २ गते) बर्दिबासस्थित गौतम होटलमा कार्यक्रमको समीक्षा गर्दै महायज्ञको आर्थिक विवरण सार्वजनिक गरेको हो ।
समितिले सार्वजनिक गरेको विवरणअनुसार महायज्ञमा सहयोगी दाताहरूबाट ६ लाख ५० हजार २१४ रुपैयाँ संकलन भएको थियो । त्यस्तै, दान पेटिकाबाट १२ हजार ५० रुपैयाँ प्राप्त भएपछि महायज्ञको कुल आम्दानी ६ लाख ६२ हजार २६४ रुपैयाँ पुगेको छ। कुल आम्दानीमध्ये विभिन्न शीर्षकमा ६ लाख ५४ हजार ७०४ रुपैयाँ खर्च भएको समितिले जनाएको छ । पूजा तथा पूजासम्बन्धी सामग्री, टेन्ट, कलाकार, स्टेशनरी, चिया तथा खाजा, प्रचारप्रसार र अन्य आवश्यक सामग्रीमा उक्त रकम खर्च भएको विवरणमा उल्लेख छ ।

सबै खर्च कटाउँदा मन्दिरका लागि ७ हजार ५६० रुपैयाँ बचत भएको छ । समितिले महायज्ञको आर्थिक कारोबार पारदर्शी बनाउने उद्देश्यले आम्दानी तथा खर्चको विवरण सार्वजनिक गरेको जनाएको छ । साथै, आर्थिक हिसाबकिताब हेर्न चाहने जोकोहीले पनि विवरण अवलोकन गर्न सक्ने समितिले स्पष्ट पारेको छ । नवरात्र तथा दुर्गा पूजाको अवसरमा असोज २५ गतेदेखि ३१ गतेसम्म सञ्चालन भएको सप्ताह ज्ञान महायज्ञ शनिबार सफलतापूर्वक सम्पन्न भएको थियो । सामाजिक अभियन्ता उषा ढकालको अध्यक्षता तथा व्यवस्थापनमा आयोजित महायज्ञमा कथा वाचिका देवी सुमि मानबले सात दिनसम्म श्रीमद्भागवत कथा वाचन गरेकी थिइन् ।
महायज्ञमा श्रद्धालु भक्तजनहरू कथा श्रवण, पूजापाठ, महाआरती तथा प्रसाद ग्रहणमा सहभागी भएका थिए । भोटेकोशी नदीमा आएको बाढीमा परी दिवङ्गत भएकाहरूको आत्माको चिरशान्ति तथा सद्गतिको कामना, धार्मिक एवं आध्यात्मिक चेतना अभिवृद्धि र श्री दुर्गा मन्दिरको संरक्षण तथा विकास गर्ने उद्देश्यले महायज्ञ आयोजना गरिएको थियो ।
महायज्ञमार्फत धार्मिक आस्था, सामाजिक सद्भाव र परोपकारी भावनाको प्रवर्द्धन गर्नुका साथै मन्दिरको पर्खाल तथा मुख्य प्रवेशद्वार निर्माण गरी धार्मिक स्थललाई थप व्यवस्थित बनाउने लक्ष्य राखिएको आयोजकले जनाएको छ । यो समाचारलाई सम्पादन गरेर हालको योसमाचार भन्दा फरक प्रकारको अर्काे समाचार तयार पारीदिनुहोला
…
Top of Form
Bottom of Form





































