मधेशमा ७८.५९ प्रतिशत धान रोपाइँ सम्पन्न, सिरहामा सबैभन्दा बढी

[sharethis-inline-buttons]

आज्ञा खबर
जनकपुरधाम

मधेश प्रदेशमा साउन ७ गतेसम्म कुल ७८.५९ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ।

मधेश प्रदेश कृषि विकास निर्देशनालयका अनुसार प्रदेशभर तीन लाख ८० हजार ५८० हेक्टर क्षेत्रफलमा धान रोपाइँ भइसकेको छ। जिल्लागत रूपमा सबैभन्दा बढी सिरहामा ९४ प्रतिशत रोपाइँ सम्पन्न हुँदा सबैभन्दा कम महोत्तरीमा ५५ प्रतिशत मात्र रोपाइँ भएको निर्देशनालयले जनाएको छ।

यस वर्ष समयमै पर्याप्त वर्षा भएकाले किसान उत्साहका साथ धान रोपाइँमा जुटेका छन्। निर्देशनालयका बागवानी विकास अधिकृत किरण विश्वकर्माका अनुसार किसानहरूले यस वर्ष उन्नत जातका धानको बीउ प्रयोग गर्नुका साथै रासायनिक र प्राङ्गारिक मलको उचित व्यवस्थापनमा पनि विशेष ध्यान दिएका छन्।

यद्यपि प्रदेशका केही स्थानमा सिँचाइ पूर्वाधारको अभाव तथा रासायनिक मलको पर्याप्त उपलब्धता नहुँदा किसानले समस्या भोग्नुपरेको गुनासो गरेका छन्। कृषि क्षेत्रका यी चुनौती समाधान गर्न सम्बन्धित निकायले आवश्यक पहल गर्नुपर्ने किसानहरूको माग रहेको छ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...