विकास वमको बिकास यात्रा

[sharethis-inline-buttons]

आज्ञा खवर
वर्दिवास

महोत्तरीको वर्दिवासस्थित इलाका प्रहरी कार्यालयले लामो समयदेखि प्रयोग गर्दै आएको ऐलानी जग्गा मालपोत कार्यालयमार्फत नेपाल सरकारको नाममा नम्वरी गरिएको छ । नगर प्रमुख प्रहलाद क्षेत्री तथा इलाका प्रहरी कार्यालय वर्दिवासका प्रहरी प्रमुख विकास बमको सक्रियतामा उक्त जग्गाको कानुनी प्रक्रिया पूरा भएको हो ।

२०८२ सालको शुरुवात संगै वर्दिबास ईलाका प्रहरी कार्यालय को प्रमुखको रुपमा आफ्‌नो जिम्मेवारी सम्हालेका डिएसपि विकास वमलाई आफ्‌नो अस्तव्यस्त कार्यालय देखेर खिन्न मन भएको थियो । द्वन्दमा जलाईएका सानासाना कार्यालयहरुमा सरकारले ठुला ठुला कार्यालय वनाईदिएपनिंं ख वर्गको क्याटगोरी पाएको वर्दिवास ईलाका सामान्य सामान्य भौतिक संरचनामा रहनुपरेकोमा यसलाई कसरी व्यवस्थीत गर्ने भनेर दिनरात लागि परे । मुख्य समस्या कार्यालयको आफ्‌नो नाममा जग्गाधनि पुर्जा नहुनुका कारण सरकारले भवन नवनाएको कारण पत्ता लागेपछि उनले जिम्मेवारी सम्हालेको पहिलो दिनवाटै नगर प्रमुख प्रहलाद कुमार क्षेत्री संग सरसल्लाह गरी नगरको के कस्तो सहयोग वा सिफारीस भनौ पहल भयो भने मालपोत कार्यालयले आफ्‌नो कार्यालयको नाममा जग्गा दर्ता गरिदिने प्रकृया रहेछ भन्ने विषयमा जानकार लिई सोहि अनुसार आवश्यक प्रकृया निरन्तर गर्नु र नगर प्रमुखले पनि आफ्‌नो क्षेत्रमा रहेको प्रहरी कार्यालयलाई आवश्यक पर्ने भवन निर्माणको लागि पहिलो शर्तको रुपमा रहेको जग्गाधनि पुर्जा प्रदानको लागि निरन्तर पहल पछि विकास वमको कार्यालयमा दिगो भौतिक विकास गर्ने सपनाले यथार्थता पाएको हो ।

ऐलानी जग्गा नाम्वरी भएसँगै इलाका प्रहरी कार्यालयको भौतिक संरचना विस्तार, सेवा प्रवाह सुदृढीकरण तथा भविष्यका पूर्वाधार विकासका लागि कानुनी आधार तयार भएको छ । यसलाई सरकारी सम्पत्ति संरक्षणतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।
स्थानीय तह, प्रहरी प्रशासन, जिल्ला प्रशासन कार्यालय तथा मालपोत कार्यालयबीचको समन्वयमा प्रक्रिया अगाडि बढाइएको बताइएको छ । यस सफलताले वर्दिवास नगरभित्र रहेका अन्य सरकारी कार्यालयले प्रयोग गर्दै आएका ऐलानी जग्गाहरूलाई पनि नाम्वरीतर्फ लैजान सकारात्मक सन्देश दिएको सरोकारवालाहरूको भनाइ छ ।

वर्दिबासवासिको शान्ति सुरक्षा र अमन चयनमा दिनरात नभनि काम गर्ने प्रमुख वम भर्खर मात्र प्रहरी स्टाफ कलेजको परिक्षामा देशभरवाट पहिलो नम्वरमा उतिर्ण भएका थिए । ईमान्दारीता र संगठन प्रतिको लगावका कारण उनको नेपाल प्रहरीको संगठन प्रमुख हुने सम्भावना अत्यधिक रहेको छ ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...