म ७० हजारको साझा मेयर हुँः नगर प्रमुख क्षेत्री

[sharethis-inline-buttons]

आज्ञा खवर
वर्दिबास

वर्दिवास नगरपालिकाका नगर प्रमुख प्रहलाद कुमार क्षेत्रीले आफु वर्दिवास नगरभरीका करीव ७० हजार जनताको मेयर भएको वताएका छन् । वर्दिबास उद्योग वाणिज्य संघको चौथो वार्षिक साधारण सभामा वोल्दै उनले अगाडि भने “मेयर सावको मान्छेहरुले यस क्षेत्रका केहि पत्रकारलाई लक्षित गरेर सामाजिक संजालमा यसो भन्यो उसो भन्यो भनेर प्रश्न आएको प्रति मेरो ध्यानाकर्षण भएको छ” उनले भने । नगरपालिकाका ७० हजार जनता मेयरसावका मान्छे हुन । कोहि मानिस मेयर भन्दा टाढा छैन ।

आज प्रश्न गर्ने हरुपनि मेरा नजिकका नै हुन । पुष्टी गर्न नसक्ने अनावश्यक कुरालाई लिएर मेयर को मान्छे यस्तो गर्यो भन्न हुैदन । पत्रकार र पत्रकारीता देशको चौथो अंग हो । तपाईहरुको लेखाई वुझाईले धेरै फरक पर्नसक्छ । चौथो अंगका केहि व्यक्तिहरुल नै समाजलाई द्वन्दमा लादै गरेको जस्तो वुझाई यदाकदा देखिन्छ तर त्यो सत्य नहोस भन्ने लाग्छ । वास्तविक कुरालाई मात्र चौथौ अंगले लेख्नुपर्छ । यदि हामिले मास्तीर फर्केर थुक्यौ भने उक्त थुक अन्तत आफ्‌नै मुखमा पर्दछ । उनले अगाडि भने यस क्षेत्रका पत्रकारहरुलाई वर्दिवास नगरपालिकाको तर्फवाट हार्दिकता पुर्वक अनुरोध गर्दछु कि तपाईहरु संग म कहिले टाढा छैन कहिले नराम्रो भनेको छैन तपाईहरुको सकारात्मक पृष्ठपोषणले म सच्चिने हो नगर सच्चिने हो ।

आजसम्म मेरो वारेमा गलत अफवाह फैलाए पनि कहिल्यै कुनै पत्रकारलाई आफुले किन यस्तो लेखेको भनेर भनेको छैन । म नगरवासिको साझा नगर प्रमुख हु, कोहि व्यक्ति छैन जसलाई मैले लाखापाखा गरेको होस । कानुनसम्मत हुनेकाम सवैको काम  गरेको छु । विगतमा पार्टिको टोलको कार्यकर्ताको सिफारीस विना कुनै काम हुदैनथियो तर आज एउटा यस्तो केस देखाउनुस कि सिफारीस लिएर आउनु भनेर पठाएको ? मलाई नगरवासिको काम गर्न गराउन कसैको सिफारीस चाहिदैन म सवैलाई प्रत्यक्ष चिन्दछु । कसैले पनि पार्टिगत प्रतिशोध साध्न जरुरी छैन म जतिवेलापनि नगरवासि संगै हुन्छु मलाई दिने सुझाव फोनमा वा भेटेर वा वोलाएर पनि दिन सकिन्छ तेस्को लागि कुनै मंच नै कुरीरहनु पर्ने देखिदैन । आफ्‌नो निजि काममा निजि खर्चले घुम्न पाउने मलाई पनि नेपालको संविधानले अधिकार दिएको छ तर त्यसमा पनि केहि साथिहरुले सामाजिक संजालमा व्यांग हानेर लैख्दैमा डराउने मेयर होईन प्रहलाद क्षेत्री ।

नेपालको संविधानले दिएको वोल्न पाउने, लेख्न पाउने स्वतन्त्रतालाई जहिले म सम्मान गर्छु । तर लेख्नेलेपनि अर्को व्यक्तिको चरित्रको भने ख्याल गर्नुपर्छ । गलत कुरा लेखेर कहिले सत्य हुदैन सत्य एकदिन न एकदिन प्रकट भएरै छोड्छ । वैगुनिलाई गुनले मार्नुपर्छ भन्ने मान्यता वोकेर हिडेको मान्छे आफु भएको र सहमति सहकार्य र सहअस्तीत्वको लागि कहिले सम्झौता नगर्ने पनि उनले वताए । साधारण सभामा उठेको आवाज मसाज सैन्टरलाई काुनुनि रुपमा दिएको अधिकार भन्दा वाहिर गएको भए तुरुन्त कारवािह गरीने छ सवैको साथ र सहयोग जरुरी रहेको उनको कथन थियो ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...