गौतम होटल लालगढमा प्रमोद खरेलको सांगीतिक साझ हुने

आज्ञा खवर
वर्दिबास

अंग्रेजि नयाँ वर्ष २०२६ को अवसरमा गौतम होटल, लालगढ धनषामा नेपालका चर्चित गायक प्रमोद खरेल तथा वहाको व्याण्ड परम्पराको लाईभ सांगीतिक साझ हुने भएको छ । पुरानो अंग्रेजि वर्षको अन्तिम दिन पौष १६ गते साझ ५ वजेवाट धनुषा स्थित गौतम होटल लागलगढमा कार्यक्रम राखिएको आयोजकले जानकारी दिएका छन् । मधेस प्रदेशमा पर्यटक प्रवद्र्धनको लागि नेपाल संग जोडिएको भारतको विहार राज्यका विभिन्न स्थानवाट करीव ५०० भारतिय पर्यटकको पनि सहभागिता उक्त कार्यक्रममा रहने छ । गौतम होटल लालगढले अधिल्ला वर्षहरुमा पनि गरेको कार्यक्रमलाई यो वर्ष नयाँ स्वरुपमा आफ्‌ना ग्राहकमा पस्किने जमर्को गरेको छ ।

निजी क्षेत्रको उल्लेखनीय लगानीमा आयोजना हुन लागेको भए पनि यस कार्यक्रमले नाफामुखी उद्देश्यभन्दा बाहिर गई समग्र पर्यटन विकासमा दीर्घकालीन योगदान पुर्‍याउने विश्वास आयोजकको छ । यस कार्यक्रमको विशेष आकर्षणका रूपमा मधेस प्रदेशका उत्कृष्ट तथा स्वादिष्ट परिकारहरू समेटिएका फुड स्टलहरू पनि राखिने व्यवस्था गरिएको छ । यी स्टलहरू नाफा कमाउने उद्देश्यभन्दा बाहिर गई, मधेसको मौलिक स्वाद, पहिचान र पाक–संस्कृतिलाई आगन्तुकहरूसमक्ष चिनाउने तथा प्रत्यक्ष रूपमा स्वाद अनुभूति गराउने उद्देश्यले सञ्चालन गरिनेछ । मधेसमा चर्चित कलैयाको सेकुवा, चितवनको भेटघाट तास, रौतहट कटियारको माटोको भाडामा पकाईएको मासु, जनकपुरको ललनको माछा जस्ता परीकार ग्राहकले एकै ठाउँमा लागत दरमा स्वाद लिन पाउने व्यवस्था समेत आयोजकले गरेको छ ।

कार्यक्रममा सहभागिताको लागि तिन तहको शुल्क होटलले तोकेको छ । पहिलो तहको रु.५ हजार, दोश्रोतहको रु.३५ सय र तेस्रो तहको रु. २५ सय रहने छ भने उक्त टिकटमा कार्यक्रम हेर्न तथा तोकिएको प्याकेजको खाना, स्न्याक्स तथा ड्रिक्सको समेत व्यवस्थापन गरीएको छ । पर्यटन प्रवद्र्धनको लागि यस किसिमको कार्यक्रम यो क्षेत्रमा पहिलो हुने जानकारहरु वताउछन् । व्यवसायिक सफलता संगै सामाजिक उत्तरदायित्वको क्षेत्रमा समेत गौतम होटलको योगदान उल्लेखनिय रहेको छ ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...