बर्दिवास–२ का आगलागि पीडितलाई नगरपालिकाको आर्थिक सहयोग

[sharethis-inline-buttons]

आज्ञा खबर

बर्दिवास

महोत्तरीको बर्दिवास नगरपालिका–२ मा बसोबास गर्दै आएकी शिकिल कुमारीले बर्दिवास नगरपालिकाबाट आर्थिक सहयोग पाउने भएकी छिन्। सिकिल कुमारीले बर्दिवास नगरपालिका वडा नम्बर २ मा दिएको निवेदन अनुसारको सिफारिसको आधारमा नगरप्रमुख प्रह्लाद कुमार क्षेत्रीले व्यवसाय क्षतिपूर्तिका लागि तोक आदेश जारी गरेपछि सिकिलकुमारीको व्यवसायमा भएको पूर्ण क्षतिको क्षतिपूर्तिको रकम बर्दिबास नगरपालिकाको विपत व्यवस्थापन कोबाट पाउने भएकी हुन्।

जेनजी आन्दोलनका क्रममा बर्दिवास १४ स्स्थित पावन मिथिला होटलमा  गत भदौ २४ गते भएको आगलागीको क्रममा होटल अगाडि व्यवसाय सञ्चालन गर्दै आएका गौनरको चना ममफली र सुर्ति जन्य पदार्थको खुद्रा पसल समेत ध्वस्त भएको थियो ।

आगलागीबाट शाहको व्यवसाय पूर्णरूपमा ध्वस्त भएपछि पिडित व्यवसायीलाई आर्थिक सहयोग गर्न वडा कार्यालयले सिफारिस गरेको थियो।

बर्दिवास नगरपालिका वडा नं. २ कार्यालयका वडाध्यक्ष धिरेन्द्रकुमार सिंहले हस्ताक्षर गरी नगरपालिकाको कार्यालयमा पठाएको पत्रमा आगलागी पीडितको व्यवसाय पुनः सञ्चालनका लागि सहयोग उपलब्ध गराउन सिफारिस गरिएको उल्लेख छ।

आगलागिका कारण व्यापारी गौनर शाह तेलीको व्यवसाय  पूर्णरूपमा ध्वस्त भएकोले उनको दैनिक जीवनयापन समेत संकटमा परेको बताइएको छ ।

यसै क्रममा पीडित व्यवसायीको पुनःव्यवसाय सञ्चालन तथा आर्थिक पुनःस्थापनाका लागि सहयोग  गर्न लागिएको बर्दिवास नगरपालिकाका नगर प्रमुख प्रह्लाद कुमार क्षेत्रीले जानकारी दिए।

ChatGPT can make mistakes. Check important info.

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...