आज्ञा खबर
सर्लाही
सर्लाहीको लालबन्दीस्थित जनज्योति बहुमुखी क्याम्पसमा तेस्रो वर्ष (शिक्षाशास्त्र संकाय) स्नातक तह मा अध्ययनरत २३ जना विद्यार्थीले थोरै–थोरै रकम संकलन गरी मंगलबार वृद्धाश्रममा सहयोग गरेका छन् ।
विद्यार्थीले लालबन्दी नगरपालिका–२, जुटपानीमा रहेको पद्म–भुवनेश्वरी नमूना वृद्धा सेवाश्रमका वृद्धवृद्धालाई फलफूल वितरण गर्दै आर्थिक सहयोग गरेका हुन् ।
आश्रमका वृद्धवृद्धालाई बिद्यार्थीले दुई कार्टुन फ्रुटी दुई हजार ४५५ रुपैयाँ नगद सहयोग गरिएको स्नातक तह तेस्रो वर्षमा अध्ययनरत छात्रा रन्जना राईले जानकारी दिईन् ।
उनले सहयोग रकम वृद्धाश्रमका संरक्षक बासुदेवशरण कोइरालालाई हस्तान्तरण गरेको बताईन ।
विद्यार्थीहरु आफ्ना शिक्षक सन्तोष घिमिरेसहित मंगलबार बिहान आश्रममा पुगेका थिए।
आश्रममा आएर शरण लिएर बसेका वृद्ध बुवाआमाबाट आर्शिवास लिने र आश्रम संचालन गरेर अतुलनिय योगदान पुर्याइरहनुभएका आश्रम संचालकलाई अझ प्रोत्साहन गर्ने उद्देश्यले सहयोग गरिएको विद्यार्थीले बताएका छन् ।





































