राजस्व संकलन गर्न जनकपुर भन्सार असफल

आज्ञा खबर

चालु आर्थिक वर्षको ८ महिना पूरा भइसक्दा पनि जनकपुर भन्सार कार्यालय जनकपुरधामले लक्ष्य अनुसारको राजस्व संकलन गर्न असफल देखिएको छ ।

चालु आर्थिक वर्षको वार्षिक लक्ष्य ४९ करोड ४४ लाख ५२ हजार रहेको जनकपुर भन्सार कार्यालयले फागुन मसान्त सम्म २२ करोड ७ लाख ४४ हजार ९ सय ७५ रुपैयाँ राजस्व असुली गरेको छ । अर्थात चालु आर्थिक वर्षको ८ महिना सम्ममा पनि भन्सार कार्यालयले ५० प्रतिशत पनि राजस्व संकलन गर्न सकेको छैन । गत वर्ष पनि जनकपुर भन्सार कार्यालयले वार्षिक लक्ष्य पूरा गर्न सकेको थिएन । गत वर्ष सो कार्यालयको वार्षिक लक्ष्य ४८ करोड ५५ लाख ९२ हजार रहेकोमा २२ करोड ७१ लख ४३ हजार मात्र राजस्व असुली गरेको थियो । अर्थात गत वर्ष जनकपुर भन्सार कार्यालयले लक्ष्य भन्दा २५ करोड ४४ लाख ९ हजार कम राजस्व असुली गरेको थियो । यता, जनकपुर भन्सार कार्यालय जनकपुरधामका प्रमुख भन्सार अधिकृत केशव राज ओलीले सीमावर्ति क्षेत्रमा कडाई गरिएकोले बाँकी रहेको ४ महिनामा लक्ष्य पूरा हुन सक्ने दावी गरेका छन् ।

सीमावर्ति क्षेत्रमा हुने तस्करी र चोर पैठारीका कारण वार्षिक लक्ष्य पूरा हुन नसकेको स्थानीय व्यापारीहरुको भनाइ छ । भन्सारको कर्मचारी र प्रहरीहरुकै मिलेमतोमा सीमावर्ति क्षेत्रमा रातिको समयमा तस्करी हुने गरेको जनकपुरका एक कपडा व्यापारीले बताए । दिउँसो सीमा नाकाहरुमा कडाई भएपनि रातिको समयमा केही तस्करहरुले भन्सारका कर्मचारी र प्रहरीलाई महिनावारी नै तोकेर तस्करी गराउदै आएका छन् ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...

पहिरोमा पुरिएर एक जनाजनकपुरधाम, ११ असोजः मधेस प्रदेशका विभिन्न जिल्लामा तीन सयभन्दा बढी घर डुबानमा परेका छन् भने पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता ओमप्रकाश खनालका अनुसार पहिरोमा पुरिएर मिथिला नगरपालिका–११ अपागाछीकी ३५ वर्षीया कमला श्रेष्ठको मृत्यु भएको होे । अविरल वर्षाले सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा निजी घर तथा अन्य भौतिक संरचनामा क्षति भएको छ । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका र हनुमाननगर कङ्कालिनी नगरपालिका क्षेत्र तथा सीमावर्ती क्षेत्रका २५० घर डुबानमा परेका छन् । त्यसैगरी, सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका– वडा नम्बर ७, ११ र १२ क्षेत्रमा कोशी बाँधको दक्षिणतर्फका २०० घरमा पानी पसेको जानकारी प्रवक्ता खनालले दिनुभयो । को मृत्यु, तीन सय घर जलमग्न