आज्ञा खबर
महोत्तरी: मधेसका प्राचीन मिथिला क्षेत्रका किसानमा श्रीपञ्चमी पर्वको उल्लास छाउन सकेन । पर्वमा अबको एक वर्षभरि कृषि काम गर्ने श्रमिक नपाएपछि किसानलाई पर्वले उल्लास दिन नसकेको हो । मिथिलामा वसन्तपञ्चमी पनि भनिने माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी पर्वकै दिन वर्षभरि कृषि काम गर्ने श्रमिकको टुंगो लगाएर पुज्ने चलन छ । यो परम्परा थेग्न श्रमिक नपाएपछि किसान निराश भएका हुन् ।
मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रको परम्परामा श्रीपञ्चमी पर्वका दिन कृषि कार्य गर्न अघिल्लो एक वर्षका लागि कृषि श्रमिकको टुंगो गरेर पुज्ने परम्परा भए पनि यसपालि गाउँ(नगर बस्तीमा कृषि श्रमिक नपाइएपछि यहाँका किसानमा चिन्ता बढेको हो ।
‘माघ लागेदेखि नै जन कृषि कार्यका श्रमिक० खोजेको खोज्यै छु, कहीँ काम गर्ने मान्छे भेटिएनन्’, बर्दिबास नगरपालिका(९ पशुपतिनगरका ६० वर्षीय किसान महेन्द्र महतोले दिक्क मान्दै भने, ‘श्रमिक पुज्ने त भोलि बिहीबार नै हो, मान्छे नपाएपछि अब के गरुँ रु’ श्रमिक नपाएर पर्वमा पुज्ने विधि गर्न नपाएपछि किसानलाई पर्वको उल्लास नछाउने महेन्द्रको भनाइ छ ।पर्वको मुख्य पाटो श्रमिक नै नपाएपछि किसानमा पर्वको रौनक देखिदैन । ‘के पर्वमा रमाउनु रु वरण गर्ने श्रमिक नै नभेटेपछि घरमा पर्वको के खुसी भित्रन्छ र भङ्गाहा(४ रामनगरकै अर्का किसान ६० वर्षीय सत्यनारायण यादवले खिन्न हुँदै भने। यसपालि बिहीबार श्रीपञ्चमी पर्व परेको छ ।
श्रीपञ्चमी पर्व किसानका लागि एक वर्षसम्म काम गर्ने श्रमिकको वरण गर्ने मिथिला क्षेत्रको खास पर्व हो । श्रमिकलाई खुसी पार्न नयाँ लुगा, मिष्ठान्न परिकारको खाना र दक्षिणाको मेसो मिलाउन किसान आफ्नो सामथ्र्यभित्र रमाएरै लाग्ने चलन रहँदै छ ।
यसै बस्तीका हरिदेव साहले पनि अघिल्लो वर्षका लागि श्रमिक पुज्न पाउने छाँट छैन । आफ्नै र छिमेकका बस्तीमा श्रमिक खोज्दा अहिलेसम्म नपाएको साहको भनाइ छ । ‘हाम्रा वरपर मुसहर र बाँतर जाति समुदाय कृषि कार्यका लागि पोख्त मानिन्छन्, तर ती बस्तीमा अब बूढाबूढी र पाका उमेरका महिलामात्र भेटिन्छन्’, साहले दिक्क मान्दै भने, ‘लगातार तीन वर्ष भयो श्रीपञ्चमीमा श्रमिक पुज्न पाइएको छैन ।’
कृषि कार्यका पोख्त मानिने मुसहर र बाँतर युवा रोजगारीका लागि भारतको हरियाणा र पञ्जाब जान थालेपछि यहाँ कृषि श्रमिक पाइन छाडेको किसान बताउँछन् । अब श्रीपञ्चमी पर्वमा श्रमिक पुज्ने वरण गर्ने परम्परा त्यत्तिकै हराएर जाने साहको भनाइ छ ।
मिथिला परम्परामा श्रीपञ्चमीका दिन जन र लोहारको पारिश्रमिकको आपसी सहमतिमा टुंगो लागेपछि किसानले दुवैलाई अबिर टीका लगाएर मिष्ठान्न भोजन गराइ दक्षिणा दिएर वरण गर्छन् । यसरी वरण गरिएका श्रमिक अघिल्लो एक वर्षका लागि काममा बाँधिएको भन्ने मानिन्छ । परम्पराले यसै दिन श्रमिक र लोहारको टुंगो लगाउने भने पनि नगर(गाउँ बस्तीका नयाँ पुस्ताका युवा रोजगारीका लागि भारतको पञ्जाब र अन्य अरब राष्ट्रतिर गएपछि काम गर्ने मान्छे पाउन नसकिएको जिल्लाकै लोहारपट्टी नगरपालिका(६ का किसान चन्देश्वर मण्डलले पिरोलिँदै बताए।
