आज्ञा खबर
धनुषा
बिगत १३ दिनदेखि सम्पर्कविहीन रहेका जनकपुरधाम उपमहानगरपालिका–८ का २१ वर्षका रोहित साह र वडा नं. १३ निवासी वर्ष २२ को विष्णु साहको शव माटोमा गाडेको अवस्थामा आज (आइतबार) बिहान साढे २ बजे भारतीय प्रहरीले फेला पारेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक विश्वराज खतिवडाका अनुसा रोहित र विष्णुको अपहरणपछी फिरौती नदिएकाले डोरीले घाँटी थिचेर हत्यारा गरेको अवस्थामा भारतीय प्रहरीले शव फेला पारेको बताए। उनिहरु दुबैजना भारतको विहार घुमन गएको बेला र पुस २७ गते हत्या भएको हो।
उनिहरुको परिवारसँग अपहरणकारीले १० लाख रुपियाँ फिरौती माग गरेका थिए । घटनाको बारे परिवारले पुस २९ गते प्रहरीलाई मौखिक जानकारी दिएका थिए ।
जनकपुरधाम उपमहानगरपालिका–८ का २१ वर्षका रोहित साह र वडा नं. १३ निवासी वर्ष २२ को विष्णु साहको शव माटोमा गाडेको अवस्थामा आज (आइतबार) बिहान साढे २ बजे भारतीय प्रहरीले फेला पारेको थियो ।
अपहरण गरी फिरौती नदिएपछि डोरीले घाँटी थिचेर हत्यारा गरेको अवस्थामा भारतीय प्रहरीले शव फेला पारेका हो।
अपहरणकारीले दुवै जनाको परिवारसँग १० लाख रुपियाँ माग गरेका थिए ।
युवाका परिवारले प्रहरीलाई मौखिक जानकारी दिएपछि भारतीय प्रहरीसँगको समन्वयमा रोहित र विष्णु को शव भारतको सितामढी जिल्लाको बेला पर्सा थाना क्षेत्रमा माटोमा गाडिएको अवस्थामा फेला परेको बताइएको छ।
विष्णुलाई लिएर रोहित भारतको सितामढी जिल्लाको बेला परिहार बस्ने आफन्तको घर गएको बेलामा अपहरणमा परेका थिए ।
मृतक विष्णुका परिवारलाई अपहरणकारीले मोबाइलमा फोन गरी फिरौतीको माग गरेको धनुषा प्रहरीलाई जानकारी दिएका थिए । त्यसपछि सीमा क्षेत्रका प्रहरीसँग समन्वय गर्नका लागि जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षकको कमाण्डमा मधेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक सहितको टोली घटना क्षेत्रमा गएका थिए ।
बरामद शव पोष्टमार्टमका लागि भारतको विहार राज्यको सीतामढीस्थित सदर अस्पताल लगिएको छ । साथै मृतमका आफन्त पनि सो ठाउँमा पुगी शवको सनाखत गर्ने काम गरेको बताईएको छ ।
अपहरण पछी हत्याको अनुसन्धानको क्रममा भारतीय प्रहरीले तीन र नेपाल प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । घटनामा संलग्न रहेको आरोपमा पाँच जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भई रहेको जानकारी जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख एवम् प्रहरी निरीक्षक खतिवडाले दिए।
पक्रउ पर्नेमा महोत्तरीको मनरासिसवा वडा नं.२ घर भएका वर्ष २४ का किसानकुमार पण्डित र वर्ष २४ का मुकेश पासवान रहेको र उनिहरुको बिषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ
