नेपाल रेल्वे कम्पनी लिमिटेडले जनकपुर–जयनगर–बर्दिबास रेल्वे ट्र्याक निर्माणका क्रममा मुआब्जा पाएनन बर्दिवास बासीले

[sharethis-inline-buttons]

आज्ञाखबर
बर्दिवास
नेपाल रेल्वे कम्पनी लिमिटेडले जनकपुर–जयनगर–बर्दिबास रेल्वे ट्र्याक निर्माणका क्रममा मुआब्जा विवाद चर्किएको छ । मुआब्जा ट्र्याकमा ठगीएका बर्दिवासबासी थप कडा् आन्दोलनमा उत्रिएका हुँन।

बिहीबार महोत्तरीको बर्दिवासका नागरिक नेपाल रेल्वे विभागको कार्यालय बिरुद्धमा उत्रिएर विरोध प्रदर्शन गर्दै उनीहरुले ईलाका प्रसाशन कार्यालय बर्दिवासमा ज्ञापन पत्र बुझाएका छन।

प्रतिकठ्ठा १५ लाख रुपैयाँ दिने भनिए पनि रेल्वे कम्पनीले दस लाख रुपैयाँमात्रै दिएर ठगी गरेको आरोप लगाएका रेल्वे पीडित संघर्ष समितिले मुआब्जाको दररेट निर्धारण गर्ने बेलामा बर्दिबास स्थित मुसहर बस्ती जाने बाटो र सखुवा खोल्सी पैनी बीचको जग्गालाई अधिग्रहण गर्ने क्रममा विभागले १५ लाख रुपैयाँ निर्धारण गरे पनि सो नाप नक्सा परीवर्तन गरेर १० लाख रुपैयाँमात्र दिन खोजेको पिडितले आरोप लगाए।

रेल्वेले नापनक्सामा सो पैनी रहेको स्थलभन्दा करिब ५ सय मिटर अघिलाई नै विभागले मान्यता दिएपछि यस्तो अवस्था उत्पन्न भएको हो सो बिषयमा प्राविधिक समस्याका कारण यस्तो अवस्था उत्पन्न भएको र विभागलाई समयमै जानकारी गराउँदा पनि बेवास्ता गरेकाले विरोधस्वरुप चरणबद्ध आन्दोलन गर्नुपरेको पिडितहरुले बताए। पिडितहरुले सो खोल्सी पैनीबारे छानबिन गर्नसमेत माग गरेका छन् ।

यता विभागका साइट इन्जिनियर विनोद ओझाले भएको गल्तीलाई बिभागका महानिर्देशक संग छलफल गरी सच्याइने आश्वासन दिएका छन् । उनले सरकारले निर्धारण गरेको मुआब्जा वितरणमा भएको प्राविधिक त्रुटी सच्याएर बाँकी बक्यौताका रकमकालागी लागि पहल गर्ने बताए ।

आन्दोलनमा संलग्न निरज अधिकारीले सरकारले निर्धारण गरेको रकम अनुसार आफूहरुले किन मुआब्जा पाउन सकेनौँ भन्ने सवालको छानबिनका लागि रेल्वे विभागसँग माग गरेको बताए । उनले विभागले गरेको प्राविधिक त्रुटीका कारण सरकारले निर्धारण गरेको मुआब्जाभन्दा कम पाएकाले सोको छानबिन हुनुपर्ने जिकिर गरे ।

संघर्ष समितिले रेल्वे विभागले गरेको प्राविधिक त्रुटीका कारण समस्या उत्पन्न भएको तर सोको समाधानका लागि बिभागले बेवास्ता गरेका कारण महाप्रबन्धक संग बार्ता गरेर आफ्नो माग पुरा गराउने माग गरेका छन् उनिहरुले माग पुरा नभए आईतवारदेखी थप ससक्क्त आन्दोलनमा जाने घोषनागरेका छन।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...