पेट्रोलियम पदार्थको आयातमा बृद्धि , वीरगञ्ज भन्सारमा ८० अर्ब राजश्व संकलन

[sharethis-inline-buttons]

आज्ञा खबर

वीरगञ्ज – गत आर्थिक वर्ष २०७८/७९ मा पेट्रोलियम पदार्थको मूल्यमा बृद्धि हुँदासमेत नेपालमा त्यसको आयातमा बृद्धि नै भएको छ।

मूल्य बढेपनि वीरगञ्ज भन्सार नाका भएर पेट्रोलियम पदार्थको आयातमा बृद्धि हुँदा भन्सारको राजश्व संकलन पनि बृद्धि भएको छ।

गत आर्थिक वर्षमा वीरगञ्ज भन्सारले पेट्रोलियम पदार्थको आयातबाट ८० अर्ब ६३ करोड ३३ लाख ३२ हजार राजश्व संकलन गरेको भन्सार कार्यालयले जनाएको छ। यो अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा भन्दा पेट्रोलियम पदार्थको आयातबाट हुने राजश्व संकलन भन्दा बढी हो।

अघिल्लो आर्थिक वर्षमा वीरगञ्ज भन्सार कार्यालयले पेट्रोलियम पदार्थको आयातबाट ६१ अर्ब १६ करोड ६९ लाख ५ हजार मात्रै राजश्व संकलन गरेको थियो। गत आर्थिक वर्षमा वीरगञ्ज भन्सारबाट उठने कुल राजश्वमा पेट्रोलियम पदार्थको आयातबाट संकलन हुने राजश्वको योगदान ६८ दशमलव ५९ प्रतिशत रहेको छ। जसमध्ये डिजेलको आयातबाट २४ दशमलव ८८ प्रतिशत, पेट्रोलबाट ११ दशमलव ४० र खाना पकाउने एलपि ग्याँसको आयातबाट ३ दशमलव २२ प्रतिशत राजश्वको योगदान रहेको छ।

गत आर्थिक वर्षमा सबैभन्दा बढी वीरगञ्ज नाका भएर नेपालमा १३ लाख २२ हजार २६२ किलोलिटर डिजेल आयात गरिएको छ। यसबाट वीरगञ्ज भन्सारले ५० अर्ब ७८ करोड ९७ लाख ६५ हजार राजश्व संकलन गरेको छ।

यसैगरी, चार लाख ९ हजार ३५६ किलोलिटर पेट्रोलको आयातबाट भन्सारले २३ अर्ब ७ करोड ८५ लाख ८४ हजार,२८ करोड ४८ लाख २४ हजार ९६३ किलो खाना पकाउने एलपि ग्याँसको आयातबाट ६ अर्ब ५६ करोड ४९ लाख ८३ हजार राजश्व वीरगञ्ज भन्सारले उठाएको छ।

लागातार रुपमा गत आर्थिक वर्षमा पेट्रोलियम पदार्थको मूल्यमा बृद्धि भएपनि आयात भने अघिल्लो आर्थिक वर्षकोभन्दा बढेको वीरगञ्ज भन्सार कार्यालयको तथ्यांकले देखाएको छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...