आज्ञा खबर
रामेछाप: जिल्लामा डेंगु रोग देखापरेको छ । जिल्ला अस्पताल रामेछापमा मंगलबार चेक जाँच गराउन आएका विरामीहरुमध्ये केही बिरामीहरुलाई डेंगुरोग देखापरेको हो ।
यसरी डेंगु रोग देखापर्नेहरुमा शारदा संस्कृत माविमा अध्ययनरत २ जना बालबालिका र ६५ बर्षीय एक पुरुष छन् ।
यसरी रोग देखापर्नेहरुमा कक्षा ६ मा अध्ययनरत १३ वर्षीया छात्रा र कक्षा २ मा अध्ययन रत ९ वर्षीया छात्र र रामेछा नपा–९ का एक जना रहेका हुन् ।
विद्यालयमा पहिलो त्रैमासिक परीक्षा चलिरहेको बेलामा एक्कासि दर्जनभन्दा बढी वबद्यार्थीहरुलाई एकै प्रकारको लक्षण देखा परेको थियो ।
सोही आधारमा बुधबार विद्यालयका २ जना वालवालिकाहरुलाई जिल्ला अस्पताल रामेछामा लगि परिक्षण गर्दा डेंगुरोग भएको पत्ता लागेको थियो ।
तीनै जना बिरामीहरुलाई जिल्ला अस्पताल रामेछापले छुट्ट्रै वार्डमा झुलभित्र राखी उपचार भइरहेको र त्यसको रिपोर्ट आजै केन्द्रीय प्रयोगशाला टेकुमा पठाइसकिएको जिल्ला अस्पताल रामेछापका सूचना अधिकारी दिपेन्द्र श्रेष्ठले जानकारी दिए ।
स्थानीय स्तरमै बस्दै आएका र अन्यत्र नगएका व्यक्तिहरुमा यो रोग पहिलोपटक देखिएकाले उनीहरुसँग सम्पर्कमा रहेकाहरुलाई तत्काल कन्ट्रयाक ट्रेसिङमा आउन अनुरोधसमेत गरिसकिएको पनि उनले बाताए ।
अत्याधिक ज्वरो आउने, रुघा लाग्ने र शरीरको जुनसुकै भागबाट रगत बग्ने जस्ता समस्या हुने यस रोगका लक्षणअरु हुन ।
यो एक प्रकारको सरुवा रोग भएकाले विद्यालयका अन्य बालबालिकाहरुलाई पनि सर्न सक्ने सम्भावनालाई मध्यनर गर्दै बिहीबारदेखि विद्यालय बन्द गर्ने वा नगर्नेसम्बन्धी व्यवस्थापन समितिको बैठकबाट बिहीबार बिहान टुंगो लगाइने विद्यालयका प्रधानाध्यापक नारायण घिमिरेले बताए ।
उनले जिल्ला अस्पतालले तत्काल विद्यालय वन्द गरी सकास्पद बिरामी बालबालिकाहरुलाई कन्ट्रयाक ट्रेसिङका लागि जिल्ला अस्पातलमा लिएर आउन अनुरोध गरिसकेको पनि बताए ।
