आज्ञा खबर
काठमाडौँ,
परीक्षा प्रणाली सुधारको माग गर्दै त्रिभुवन विश्वविद्यालयका विद्यार्थीले बुधबारदेखि १३ बुँदे माग राखेर कीर्तिपुरस्थित त्रिवि उपकुलपतिको कार्यालयमा (एकीकृत समाजवादी) निकट अनेरास्ववियुका केन्द्रीय नेताहरू आमरण अनशनमा बसेका छन ।
अनशन बस्नेहरूमा सङ्गठनका अध्यक्ष सुदेश पराजुली, उपाध्यक्ष माधव पन्तलगायत रहेका छन । त्रिविको परीक्षा प्रणालीमा सुधार गर्नुपर्ने, प्रश्नपत्र तयार गर्ने क्रममा लापरबाही गर्नेलाई कारबाही गर्नुपर्ने, त्रिविमा स्वतन्त्र विद्यार्थी युनियनको चुनावको मिति घोषणा गर्नुपर्नेलगायतका माग राख्दै उनीहरू अनशनमा बसेको अनेरास्ववियुका अध्यक्ष पराजुलीले बताए ।
त्रिभुवन विश्वविद्यालयका विद्यार्थी आमरण अनशनमा
© 2026: Aagya Khabar | All right reserved | Privacy Policy
Powered by: ProTech
