उत्तर कोरियाको मद्दतका लागि अमेरिका बढ्योअघि

[sharethis-inline-buttons]

एजेन्सी-

उत्तर कोरियामा कोरोना भाइरसको संक्रमण देखिएपछि अमेरिकाले उत्तर कोरियालाई खोप प्रस्ताव गरेको तर उत्तर कोरियाले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । यो कुरा अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएका हुन् । उत्तर कोरियाले पहिलो पटक आफ्नो देशमा आधिकारिक रुपमा कोरोना संक्रमित भेटिएको जानकारी दिएको छ ।

त्तर कोरियाको सरकारी सञ्चारमाध्यमका अनुसार देशका करिब २५ लाख मानिस ‘ज्वरो’ को चपेटामा छन् र उत्तर कोरियामा राष्ट्रव्यापी लकडाउन घोषणा गरिएको छ । उत्तर कोरियामा कम मात्रामा परीक्षण भइरहेको र भ्याक्सिनको आपूर्ति पनि निकै सीमित भएकाले यहाँको अवस्था निकै गम्भीर रहेको विश्वास गरिन्छ । जो बाइडेनले आफ्नो दक्षिण कोरियाको भ्रमणका क्रममा आयोजित पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् ।

दक्षिण कोरियाका राष्ट्रपति युन सुक-योलसँग विज्ञप्ति जारी गर्दै बाइडेनले भने, ‘ हामीले खोप उत्तर कोरियालाई मात्र नभई चीनलाई पनि प्रस्ताव गरेका थियौं । तर, हामीले अहिलेसम्म कुनै प्रतिक्रिया पाएका छैनौँ ।’ दक्षिण कोरियाको भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनका लागि अहिलेसम्मकै ठूलो राहत प्याकेजमा हस्ताक्षर गरेका छन् ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...