प्रथम बर्दिबास मेयर गोल्डकप फुटबलको फाईनल खेलमा नबप्रतिभा क्लब विजयी

आज्ञा सम्वाददाता
बर्दिवास
महोत्तरीको बर्दिवासमा भईरहेको प्रथम बर्दिबास मेयर गोल्डकप फुटबलका आज भएको फाईनल खेलमा नबप्रतिभा क्लब सिरहा गोल बजार विजय भएको छ । बुधबार बर्दिवास रंगशालामा भएको फाईनल खेलमा प्रतिभाले सहलेश सिराहालाई पेनाल्टी शुटआउटमा ५–४ गोलले हराएको हो ।
खेलको अनतिम समयभित्र दुवै टिमले १–१ गोलको बराबरीमा खेल खेलेपछि खेलको अन्तिम निर्णय नै पेनाल्टी शुटआउट भएको थियो । खेलको १८ औं मिनेटमा सहलेश सिरहाका रूपक लामाले गोल गर्दै आफ्नो टिमलाई दिलाएको अग्रतालाई दोस्रो हाफको अन्तिम समयमा प्रतिभा क्लबका विशाल बस्नेतले गोल फर्काएर निर्धारित समयको खेल बराबरीमा टुंग्याएका थिए ।
त्यसपछी पेनाल्टी शुटआउटमा प्रतिभाका अमर श्रेष्ठ, निश्चल लामा, आविष्कार खड्का, शिशिर लेखी र म्याक्सवेलले गोल गरे । सहलेशबाट रितिक खड्का, गौरव श्रेष्ठ, अली ओलास र जनक कार्कीले गोल गरे पनी आर्मनको प्रहार भने विफल भयो ।

आज भएको फईनल खेलमा विजेता नवप्रतिभाले २ लाख र उपविजेता सहलेशले १ लाख रुपैयाँ पुरस्कार पाए । प्रतिभाका विशाल बस्नेत म्यान अफ द म्याच घोशित भए ।

त्यसैगरी उत्कृष्ट गोलरक्षक नवप्रतिभाकै मनोज प्रधान घोषित भए । उत्कृष्ट डिफेन्डर सहलेशका जनक कार्की, सर्वाधिक गोलकर्ता सहलेशका आर्मन, उत्कृष्ट मिडफिल्डर शिशिर लेखी, उदीयमान खेलाडी बर्दिवास ११ का अंकित मगर भए । सर्वोत्कृष्ट खेलाडी सहलेशका रूपक लामा भए ।
बर्दिवास नगरपालिकाको २० लाख ३७ हजार ५ सय ५० रुपैयाको बजेटबाट यो प्रतियोगिता सम्पन्न भएको नगर खेलकुद विकास समितिले जनाएको छ ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...