आफ्नै साथीलाई गोली हान्ने पक्राउ

आज्ञा सम्वाददाता
जनकपुरधाम

शनिवार राति कमला नगरपालिका–८ मा घर भई जनकपुरधाम–१९ मा आफ्नो मामाको घरमा बस्दै आएका १८ वर्षीय मुकेश मुखियामाथि गोलीहान्ने।

उनको आफ्नै साथीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नं. १९ शिवपुरका २५ वर्षीय रुपेश यादव रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता जितेन्द्र बस्नेतले जानकारी दिए ।
आइतवार साँझ घटना पश्चात भारत तर्फ भाग्दै गरेको यादवलाई धनौजी गाँउपालिका वडा नं. ४ स्थित नेपाल भारतीय सिमा क्षेत्रमा पक्राउ गरिएको प्रवक्ता बस्नेतले बताए ।

अनुसन्धान गर्दा गोली लागेका मुकेश मुखिया र गोली हान्ने रुपेश यादव साथी रहेकोमा मुकेश आफ्नो मामाको किराना पसलमा बसिरहेको अवस्थामा रुपेशले ल्याएको पेस्तोल ल्याएकोमा त्यसै पेस्तोलबाट गोली चल्दा मुखिया सख्त घाइते भएको प्रवक्ता बस्नेतले बताए । उनले दुवै जना साथी नै रहेको र तिनीहरुबीच कुनै विवाद नरहेको भन्दै खेलाँचीमै गोली लागेको अनुसन्धानबाट खुलेको बताए ।

गोली लागि घाइते भएका गम्भिर घाईते भएका मुकेशको हाल काठमाण्डौ स्थित नर्भिक अस्पतालमा उपचार भईरहेको छ ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...