गौतम होटल लालगढमा प्रमोद खरेलको सांगीतिक साझ हुने

[sharethis-inline-buttons]

आज्ञा खवर
वर्दिबास

अंग्रेजि नयाँ वर्ष २०२६ को अवसरमा गौतम होटल, लालगढ धनषामा नेपालका चर्चित गायक प्रमोद खरेल तथा वहाको व्याण्ड परम्पराको लाईभ सांगीतिक साझ हुने भएको छ । पुरानो अंग्रेजि वर्षको अन्तिम दिन पौष १६ गते साझ ५ वजेवाट धनुषा स्थित गौतम होटल लागलगढमा कार्यक्रम राखिएको आयोजकले जानकारी दिएका छन् । मधेस प्रदेशमा पर्यटक प्रवद्र्धनको लागि नेपाल संग जोडिएको भारतको विहार राज्यका विभिन्न स्थानवाट करीव ५०० भारतिय पर्यटकको पनि सहभागिता उक्त कार्यक्रममा रहने छ । गौतम होटल लालगढले अधिल्ला वर्षहरुमा पनि गरेको कार्यक्रमलाई यो वर्ष नयाँ स्वरुपमा आफ्‌ना ग्राहकमा पस्किने जमर्को गरेको छ ।

निजी क्षेत्रको उल्लेखनीय लगानीमा आयोजना हुन लागेको भए पनि यस कार्यक्रमले नाफामुखी उद्देश्यभन्दा बाहिर गई समग्र पर्यटन विकासमा दीर्घकालीन योगदान पुर्‍याउने विश्वास आयोजकको छ । यस कार्यक्रमको विशेष आकर्षणका रूपमा मधेस प्रदेशका उत्कृष्ट तथा स्वादिष्ट परिकारहरू समेटिएका फुड स्टलहरू पनि राखिने व्यवस्था गरिएको छ । यी स्टलहरू नाफा कमाउने उद्देश्यभन्दा बाहिर गई, मधेसको मौलिक स्वाद, पहिचान र पाक–संस्कृतिलाई आगन्तुकहरूसमक्ष चिनाउने तथा प्रत्यक्ष रूपमा स्वाद अनुभूति गराउने उद्देश्यले सञ्चालन गरिनेछ । मधेसमा चर्चित कलैयाको सेकुवा, चितवनको भेटघाट तास, रौतहट कटियारको माटोको भाडामा पकाईएको मासु, जनकपुरको ललनको माछा जस्ता परीकार ग्राहकले एकै ठाउँमा लागत दरमा स्वाद लिन पाउने व्यवस्था समेत आयोजकले गरेको छ ।

कार्यक्रममा सहभागिताको लागि तिन तहको शुल्क होटलले तोकेको छ । पहिलो तहको रु.५ हजार, दोश्रोतहको रु.३५ सय र तेस्रो तहको रु. २५ सय रहने छ भने उक्त टिकटमा कार्यक्रम हेर्न तथा तोकिएको प्याकेजको खाना, स्न्याक्स तथा ड्रिक्सको समेत व्यवस्थापन गरीएको छ । पर्यटन प्रवद्र्धनको लागि यस किसिमको कार्यक्रम यो क्षेत्रमा पहिलो हुने जानकारहरु वताउछन् । व्यवसायिक सफलता संगै सामाजिक उत्तरदायित्वको क्षेत्रमा समेत गौतम होटलको योगदान उल्लेखनिय रहेको छ ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...