एउटा व्यक्ति एउटा सहकारीमा मात्रै सञ्चालक बस्न पाउने व्यवस्था कार्यान्वयन गर्न निर्देशन

[sharethis-inline-buttons]

आज्ञा खवर
वर्दिबास

एउटा व्यक्ति एउटा सहकारीमा मात्रै सञ्चालक बस्न पाउने व्यवस्था कार्यान्वयन गर्न सहकारी विभागले निर्देशन दिएको छ । विभागले देशभरका सहकारी संस्थालाई निर्देशन दिँदै सहकारी ऐन २०७४ को दफा ४१ को व्यवस्था कार्यान्वयन गर्न भनेको हो ।

यसअघि पटक–पटक निर्देशन गर्दा पनि अटेरी भएको भन्दै विभागले ऐनको व्यवस्था अविलम्ब कार्यान्वयन गर्न भनेको छ । एकै व्यक्ति दोहोरो सञ्चालकका रूपमा कार्यरत रहेको भन्ने गुनासो प्राप्त भइरहेकाले त्यसो नगर्न विभागले निर्देशन दिएको हो ।

त्यस्तै सहकारी संस्थाको नियमनको भूमिकामा रहेका सबै नियमनकारी निकायहरूले नियमित अनुगमन, निरीक्षण, नियमन तथा सुपरिवेक्षण गरी भनिएका व्यवस्था कार्यान्वयन भए/नभएको जाँच गर्नसमेत विभागले आग्रह गरेको छ ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...