रोकिएको लालबन्दी वडाध्यक्ष कप भोलीदेखि सुरु हुने

[sharethis-inline-buttons]

आज्ञा खबर
सर्लाही
जेनजी आन्दोलनका कारण स्थगित भएको आठौं लालबन्दी नगरस्तरीय वडाध्यक्ष कप फुटबल प्रतियोगिता बुधवारदेखी पुनः सुरु हुने भएको छ।

लालबन्दी नगरपालिका–१३, पत्थरकोट छेडास्थित खेलमैदानमा हुने प्रतियोगिताका सबै तयारी पूरा भएको वडाध्यक्ष शिवकृष्ण वैद्यले जानकारी दिएका छन्। उनका अनुसार, प्रतियोगितामा लालबन्दी नगरपालिकाका सबै १७ वटा वडाको टोलीले सहभागिता रहने छन्।

नगरपालिकाले गत असोज २१ गतेदेखि प्रतियोगिता सञ्चालन गर्ने तयारी गरेको थियो। तर भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडका कारण नगरपालिका कार्यालय क्षतिग्रस्त भएपछि खेल स्थगित गरिएको थियो।
स्थगित उक्त प्रतियोगिता भोलिदेखी पुनः सुरु हुन लाग्दा खेलप्रेमीहरू उत्साहित बनेका छन्। प्रतियोगिताको उद्घाटन खेलमा आयोजक वडा नं. १३ ले वडा नं. ८ सँग प्रतिस्पर्धा गर्नेछ।
लालबन्दी नगरपालिका र वडा नं. १३ को संयुक्त आयोजनामा हुने प्रतियोगितामा विजेता वडालाई १ लाख ११ हजार १११ रुपैयाँ, उपविजेतालाई ५५ हजार ५५५ रुपैयाँ र तेस्रो हुने वडालाई ३३ हजार ३३३ रुपैयाँ पुरस्कार प्रदान गरिने नगरपालिकाले जनाएको छ।
नगरवासीहरूका अनुसार, फुटबल प्रतियोगिता पुनः सुरु हुनु लालबन्दीको सामाजिक सद्भाव र एकतामा पुनः ऊर्जा जगाउने अवसरको रूपमा हेरिएको छ

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...