आज्ञा खवर
वर्दिबास
नेपालीहरुको महान पर्व दिपावलिको अवसर पारेर बर्दिबास–३ गौरीवासका युवाहरुले गौरीवास खुल्ला नकआउट भलिवल प्रतियोगिता गर्ने भएका छन् । वर्दिवास नगरपालिकाको २ लाख सहयोग र वाकि रकम गौरीवास युथ क्लवले नै संकलन गर्नेगरी उक्त खेलको आयोजना हुन लागेको हो । खेल कार्यक्रम असोज २९ गतेदेखि कात्तिक १ गतेसम्म गौरिबासको खुल्ला मन्चमा सञ्चालन हुने क्लवका भलिवल खेलकुद संयोजक दिपक रायमाझिले वताए । धनुषा, महोत्तरी, सिराहा र सर्लाही–का ८ टिमहरू सहभागी हुने सो प्रतियोगिता क्लबको पहिलो संस्करण हो । गौरीवास युथ क्लवका अध्यक्ष सुवोध कटेलले प्रतियोगितालाई सफल बनाउन सबैको सहकार्यको अपेक्षा व्यक्त गरेका छन् ।

प्रतियोगिताको इन्ट्री फी रु ५,१०० तोकिएको छ र सहभागी टिमहरूले उक्त रकम क्यु आर कोडमार्फत पठाई रजिष्टर गर्न सक्नेछन् । प्रत्येक दिन दुईवटा खेल सञ्चालन हुने र खेलको विवरण सोमवार बिहान ११ बजे टाइसीटमार्फत जानकारी गराइने क्लबले जनाएको छ । नेपाल भलिबल संघका नियमअनुसार प्रतियोगिता सञ्चालन हुनेछ । प्रत्येक टिममा १० खेलाडी र २ जना कोच गरी १२ जना रहनेछन् । फाइनल खेल कात्तिक १ गते दिउँसो २ बजेबाट सुरु हुनेछ । पुरस्कार रकमतर्फ पहिलो हुने टिमले रु १,०१,००० र ट्रफी तथा दोस्रो हुने टिमले रु ५१,००० र ट्रफी प्राप्त गर्नेछ । हरेक दिनको उत्कृष्ट खेलाडीलाई ‘म्यान अफ द म्याच’ पुरस्कार स्वरुप रु.११०० नगद प्रदान गरिने क्लबले जनाएको छ । वर्दिवास नगरपालिकामा नगरप्रमुखको रुपमा प्रहलाद कुमार क्षेत्रीले नेतृत्व सम्हालेपछि हरेक वडा वडामा युवाहरुलार्ई खेलकुद मार्फत शारीरीक र सामाजिक विकासमा सहयोग गरेका छन् ।

