वर्दिबासमा आज मानव बेचबिखन विरुद्धको १९ औं दिवस मनाइयो

[sharethis-inline-buttons]

आज्ञा खवर
वर्दिबास

मानव बेचबिखन तथा ओसारपसारविरुद्धको १९ औं राष्ट्रिय दिवस वर्दिवासमा विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
शुक्रवार वर्दिवास चौकमा मानव बेचबिखनविरुद्धको ¥यालीसहित यो दिवस मनाइएको हो । यस वर्ष ‘तीनै तहका सरकार मिली गरौँ हातेमालोः मानव बेचबिखनको हटाऔँ दुष्चक्रको जालो’ नाराका साथ मानव बेचबिखन तथा ओसारपसारविरुद्धको दिवस मनाइँएको हो ।

मानव बेचबिखन तथा ओसारपसार रोक्न सबै एकजुट हुनुपर्ने माग गरिएको छ । ¥यालीका अवसरमा वर्दिवास नगरपालिकाका नगर प्रमुख प्रहलाद कुमार क्षेत्रीले मानव वेचविखन तथा ओसारपसार विरुद्ध सवैजना एक भएर लाग्नुपर्ने र महिला तथा वालवालिकाको सुरक्षा हाम्रो नगरको पहिलो प्राथमिकता भएको वताए ।

मानव बेचबिखन एउटा नराम्रो काम भएको उल्लेख गर्दै यसका विरुद्धमा हुने कार्यक्रमहरु सफल बनाउनुपर्ने बताए । आयोजकको तर्फवाट ईलाका प्रहरी कार्यालय वर्दिबासका कार्यालय प्रमुख प्र.ना.उ. विकास वमले महिलाको सुरक्षा सरकारले गर्नुपर्ने र त्यसको लागि निभाउनु पर्ने भूमिका नेपाल प्रहरीले वहन गर्ने वताए । वर्दिवास ईलाका प्रहरीले महिला वेचविखन तथा ओसारप्रसारमा शुन्य सहनशिलताका साथ काम गरेको हुँदा यस सम्वन्धि कुनै कारवाहि गर्नुपरेमा पछि नपर्ने जानकारी दिए ।

वर्दिवास ईलाका प्रहरीका सकल दर्जा विभिन्न नारा लेखिएका प्लेकार्ड सहित र्यालीमा सहभागि भएका थिए । ¥यालीमा सहभागीहरुले हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज, सबै सचेत र सजग रहौँ, दलाललाई कानूनी कठघरामा उभ्याऔँ, बेचबिखन अपराध हो सचेत रहौँ लगायतका प्लेकार्ड र ब्यानर बोकेर प्रदर्शन गरेका थिए ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...