आज्ञाखवर
वर्दिवास
घटना भर्खर को हो । गत शनिवार राति करीव १० वजेतिर रौतहट जिल्लाको गौर नगरपालिका वडा नं.९, मुडवालगेट नजिक एउटा शंकास्पद सुट्केस फेला परेको जानकारी स्थानियले नजिकैको प्रहरी चौकी बेलबिछुवाको प्रहरी सहायक निरीक्षक (असई)लाई फोन गरेर जानकारी गराउछन् । यो सूचनापछि प्रहरी चौकी बेलबिछुवाको टोली घटनास्थल पुग्छ । सूचनाजस्तै एउटा ठूलो निलो रङको सुटकेसलाई बाहिरबाट डोरीले बाँधिएर राखिएको पनि हुन्छ । तर अव प्रहरी के गर्छ ?? तपाई हामि सवैलाईं लाग्छ कि अव उसले आफ्नो सम्वन्धित तालुकदार अड्डालाई सम्पर्क गरेर वाकि प्रकृया थाल्छ । विष्टोफक पदार्थ भएको शंका लागेमा गौरमा रहेको नेपाली सेना संग सम्पर्क गरेर वम डिस्पोजल टोलीको मद्दतले सुट्केश खोल्छ वा अरु कुनै विधिवाट कमसेकम त्यो सुट्केशमा के छ भनेर तत् समयमा नै निर्णय लिन्छ ।
यि कुरा हाम्रा सोचँका कुरा भए तर रौतहट प्रहरी जिल्लाको सदरमुकाम रहेको गौर नगरपालिका भित्रको घटनाको पनि त्यति सामान्य चाँसो समेत नलिई रातभर त्यो शंकास्पद सुट्केशलाई पहरा दिएर वस्छ । रातभर पहरा दिएको प्रहरीले भोलिपल्ट विहान शंकास्पद शुट्केश भेटिएको करिव १० घण्टा पछि उक्त सुट्केश खोल्छ तव रौतहट प्रहरी अचम्म मान्छ, त्याहाँ त एक महिलाको हत्या गरी शव लुकाएर राखिएको छ । माधवनारायण नगरपालिका–६ कि २६ वर्षीया रुबीकुमारी साहको शव लुकाएर राखिएको छ । यसवाट हामि अनुमान लाउन सक्छौ हाम्रा सुरक्षा निकाय त्यसमा पनि नेपाल प्रहरी कत्तिको जिम्मेवार छ त हाम्रो शान्ति सुरक्षामा ?
नेपालको कानुनले रातिको समयमा भेटिएको शंकास्पद वस्तुलाई छुनु हुदैन प्रहरीले पहरा दिएर मात्र राख्ने वा घामलाग्दाको समयमा मात्र वाकि प्रक्रिया गर्ने भन्ने व्यवस्था गरेको छ कि भनेर जान्ने उत्कुसता भएपछि आज्ञाखवरले जिल्ला प्रहरी कार्यालय रौतहटका सुचना अधिकारी प्र.ना.उ. राजु कार्किलाई सम्पर्क गर्छ । जस्मा उनको भनाई “रातिको समयमा नगर्ने भन्ने त हुदैन सामान्यतया हामि यस्तो अवस्थामा उज्यालो भएपछि नै प्रकृया गर्ने गरीन्छ, ‘रातिको समय त्यसमाथि शंकास्पद सुटकेस भएकाले हामीले सुरक्षा मात्रै दिएर राख्यौं,’ ‘कुनै विस्फोटक पर्दाथ पो छ कि भन्ने पनि भयो । वा अरु नै चिज भए पनि स्थानीय तथा वडाको रोहवरमा खानतलासी गर्नु उचित ठान्यौं ।” भन्ने जवाफ प्राप्त हुन्छ । यो उत्तर कत्तिको न्यायोचित हो होईन त्यसको निर्णय पाठकवर्गकै हातमा छोड्दै हामि थप जानकारी लिन जिल्ला प्रहरी कार्यालय रौतहटको तालुकदार निकाय मधेश प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी वरिष्ठ उपरिक्षक कमल थापालाई प्रश्न गर्छौं “प्रहरीको चरम लापरवाहिले अपराधि उम्किन सहज वनाएको होईन र ? जस्को जवाफ दिदै वहाँको भनाईमा “अनुसन्धान अधिकारीले फिल्डमा गर्ने निर्णयमा हामिले यसो गर उसो गर भन्ने कुरा त हुदैन, हाल अनुसन्धान राम्रो वे मा गईरहेको र अपराधिको नजिक प्रहरी पुगिसकेको हुँदा यसलाई सवैले सकारात्मक लिनुपर्छ र प्रदेशले पनि यसको अनुसन्धानलाई लिएर सकारात्मक नै छ” भन्ने जवाफ पाउछौ ।
माथि उल्लेखित विषय सानो कुरा होला कोहि महिलाको हत्या भयो मानौ भोली हत्यारा वा अपराधि पनि समातिएला तर विषय कुनै एउटा घटनाको मात्र होईन यस्ता अपराधिक घटना मधेश प्रदेशमा वाक्लै भएका छन् । तथ्यांकमा हेर्ने हो भने पनि गत आर्थिक वर्ष २०८१÷०८२ मा मधेश प्रदेशमा ९९ जनाको हत्या भएको छ । जसमा ५३ जना पुरुष र ३६ जना महिला छन् । यस्तै ५ जना बालक र ६ बालिका रहेको मधेश प्रदेश प्रहरीको तथ्यांक छ । जे जस्तो भएपनि कुनै चिज होला कुनै विष्फोटक पदार्थ होला भनेर हेलचेक्राई गरेर १०–१० घण्टा कुरेर वस्नाले उक्त अपराधिले भाग्न वा सवुद प्रमाण नष्ट गर्नको लागि कति समय पायो त्यस तर्फ ध्यान जान्छ कि जादैन । नेपाल प्रहरी संग राति नै त्यो सुट्केश खोलेर हेर्न सक्ने सामाग्रिहरु पनि र्छैनन् र विहानको घाम नै चाहिन्छ ? अपराध अनुसन्धानमा सेकेन्ड सेकेन्डको महत्व हुन्छ । अपराध अनुसन्धानको लागि राज्यको सवै अंग सवै निकाय प्रयोग गर्न सकिने कानुनि व्यवस्था हुँदाहुदै यति सामान्य काम त्यो पनि जिल्ला सदरमुकाम नजिक नहुँदा अपराधिहरुको मनोवल वढ्ला कि घट्ला विचार गर्नुपदैन ?





































