माथिल्लो पाटुमा पुरानो ईनार पुनः प्रयोगमा, खानेपानी समस्या समाधानगर्न नगर प्रमुख क्षेत्रीको भुमिका

आज्ञा खबर
बर्दिवास
बर्दिवास नगरपालिका–३, माथिल्लो पाटुस्थित पबनेश्वर महादेव मन्दिर परिसरमा रहेको पुरानो ईनारलाई सरसफाइ गरी खानेपानीको प्रयोगमा ल्याइएको छ ।

बिगत केही समयदेखि माथिल्लो पाटुमा खानेपानीको गम्भीर समस्या भएपछि स्थानीय अगुवा तथा समाजसेवीहरूको एक समूहले शुक्रबार नगर प्रमुख प्रह्लाद कुमार क्षेत्रीलाई भेटेर समस्या समाधानका लागि ध्यानाकर्षण गराएका थिए । स्थानीयको आग्रह सुनेपछि नगर प्रमुख क्षेत्रीले नगरपालिकाको बजेटबाट मोटर र २ इञ्चको करिब २ सय ८० मिटर पाइप खरिद गरी तत्काल समस्या समाधान गर्न निर्देशन दिएका थिए ।

त्यसैको परिणामस्वरूप शनिबार पबनेश्वर महादेव मन्दिरको पुरानो ईनारमा मोटर जडान गरी पाइपलाइनमार्फत खानेपानीको ट्याङ्कीमा पानी खसाल्ने कार्यको उद्घाटन नगर प्रमुख क्षेत्री स्वयंले गरेका हुन् । उनले सो अवसरमा खानेपानी ट्याङ्कीको समेत अवलोकन गरेका थिए ।

स्थानीय समाजसेवी पशुराम रायमाझीका अनुसार अब बिहान र बेलुका सहजै धाराबाट खानेपानी उपलब्ध हुने भएको छ । “हाल माथिल्लो पाटुमा करिब २ सय भन्दा बढी खानेपानीका उपभोक्ता रहेका छन् । यो व्यवस्था लागू भएपछि यहाँको दीर्घकालीन समस्या समाधानमा सहयोग पुग्ने अपेक्षा गरिएको छ,” रायमाझीले भने ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...