ब्याडमिन्टन खेलमार्फत करप्रति सचेतना: बर्दिवासमा करदाता सेवा कार्यालयको समन्वयमा आन्तरिक प्रतियोगिता सम्पन्न

[sharethis-inline-buttons]

अज्ञा खबर
बर्दिवास, महोत्तरी ।

बर्दिवासमा करप्रति जनचेतना अभिवृद्धि गर्न र युवा पुस्तालाई खेलतर्फ आकर्षित गराउने उद्देश्यले आन्तरिक ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ। करदाता सेवा कार्यालय बर्दिवासको समन्वयमा बर्दिवास ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगितामा बर्दिवास नगरपालिका क्षेत्रभित्रका १६ वटा समूह सहभागी थिए।

ब्याडमिन्टन संघ बर्दिवासका अध्यक्ष पोषण थापाका अनुसार प्रतियोगितामा दीपक शर्मा र संजय मण्डलको जोडीले प्रथम स्थान हासिल गरेका छन्। त्यस्तै हेमलामा र मोहनराज गिरीको जोडी दोश्रो भएका छन् भने ‘ए पोल’ बाट बिरेन्द्र कार्की र डिल्लीराज राउत, ‘बी पोल’ बाट गया प्रसाद गुप्ता र देवेन्द्र थिङको जोडीले संयुक्त रूपमा तेस्रो स्थान हासिल गरेका छन्।

प्रतियोगिताको समापन कार्यक्रममा बर्दिवास नगरपालिकाका नगर प्रमुख प्रह्लाद कुमार क्षेत्रीले सम्बोधन गर्दै खेलकुद राष्ट्र निर्माण र स्वास्थ्य दुवैका लागि आवश्यक भएको बताए। उनले भने, “हाल बेरोजगारीका कारण युवावर्ग लागुऔषधको सिकार भइरहेका छन्। यस अवस्थाबाट जोगिन खेलकुद एक सकारात्मक माध्यम बन्न सक्छ।”

नगर प्रमुख क्षेत्रीले करप्रतिको चेतना अभिवृद्धिमा यस्ता खेलकुद कार्यक्रम सहयोगी हुने विश्वास व्यक्त गरे। कार्यक्रमले करदाताहरूमा करप्रति उत्तरदायित्व र नियमितता सम्बन्धी सन्देश पनि प्रवाह गरेको आयोजकले जनाएका छन्।


  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...