आज्ञा खबर
बर्दिवास
आज मे १ तारेख अर्थात अन्तराष्ट्रिय श्रमिक दिवस नेपालसहित विश्वभर मनाइँदै छ ।
सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घन्टा काम, आठ घन्टा आराम’ र आठ घन्टा मनोरञ्जन पाउनुपर्ने नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर श्रमिक दिवस मनाइन्छ ।
सिकागा आन्दोलनको क्रममा हेय मार्केट भन्ने ठाउँमा बम विस्फोट भयो । सो बम विस्फोट कसले गराएको भन्ने नखुले पनि प्रहरीले आन्दोलनरत मजदुरमाथि व्यापक दमन गर्यो । प्रहरीको गोली लागि सात जना मजदुरको मृत्यु भयो । सोही क्रममा मजदुर आन्दोलनले अन्ततः सफलता हासिल गर्यो ।
त्यसैक्रममा सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम सङ्गठन एवम् श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरे पछी सन् १८९० देखि हरेक वर्ष अंग्रेजी महिनाको मे १ तारिखमा श्रमिक दिवस मनाउन सुरु गरिएको हो ।
विश्वभरका मजदुरहरुले यस दिवसलाई पर्वका रुपमा माउदै आएका छन । आफ्ना हकअधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले यो पर्व विभिन्न कार्यक्रम गरी मनाईन्छ ।
यसै त्रलममा नेपालमा समेत मजदुर संघसंगठनहरुले विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गरीन्छ । नेपालमा विराटनरगमा २००७ सालमा भएको मजदुर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको हो । मे दिवसको अवसरमा आज नेपाल सरकारले सार्वजनिक बिदा दिएको जनाएको छ ।
