पृतनापति सिलवालको विदाई

[sharethis-inline-buttons]

आज्ञा खवर
वर्दिवास

नेपालि सेना मध्यपुर्वी पृतनाका पृतनापति उपरथी श्री सुदर्शन सिलवालको सम्मानमा आज वर्दिवासमा विदाई कार्यक्रमको आयोजना गरीएको छ । होटल तथा पर्यटन व्यवसायि संघ महोत्तरीले आयोजना गरेको कार्यक्रममा उपरथी सिलवालले आफ्नो कार्यकालमा गरेका कामहरुको चर्चा गरीएको छ । वर्दिबासको व्यवसाियक विकास र सामाजिक विकासको क्षेत्रमा वहाँको योगदानको चर्चा गर्दे उद्योग वाणिज्य संघ वर्दिवासका अध्यक्ष विष्णु वहादुर खड्काले सिलवाल सरको समयमा वाढिपिडीत होस वा सामाजिक कार्यहोस हरेक क्षेत्रमा नेपाली सेनाको सहयोग पाउन वर्दिवासवासि सफल भएको वताए । सालिन, भद्र र साना देखि ठुलासम्म सवैको पहुँचमा रहने पृतनापति ज्यूको यो शैली आफुलाई अति नै प्रशंसनिय लागेको र वहाको आगामि गन्तव्य अझ फलोस फुलोस भनेर शुभकामना प्रदान गरे ।
विदाई मन्तव्यमा होटल तथा पर्यटन व्यवसायि महासंघ मधेश प्रदेशका अध्यक्ष हिरा गौतमले पृतनापति सिलवाल सरको समयमा मधेस प्रदेशमै पहिलो पटक मिथिला गल्फ रिसोर्ट वर्दिवासको पृतना परीसर भित्र संचालन गराएर पर्यटन विकासमा ठुलो योगदान दिनुभएकोमा ह्ृदय देखिनै धन्यवाद दिए । साथै सिलवाल सरले धार्मिक, सामािजक, विपद उद्दार हरेक समयमा वर्दिवासवासिको हातमा हात साथमा साथ दिएकोमा वर्दिवासवासिको तर्फवाट अझ प्रगतिको कामना गरे ।
प्रमुख अतिथिको तर्फवाट वर्दिवास नगरपािलकाका नगर प्रमुख प्रह्लाद कुमार क्षेत्रीले मानिसको योगदान उसको जिवन समाप्ती पछि मात्र चर्चा हुने वा उसको कार्यकाल सकिएपछि मात्र गरीने हुँदा पृतनापनि सिलवाल ज्यूको योगदान वहाँ आफ्नो क्षेत्रमा हुदाँ नै गर्नेगरेको स्मरण गरे । दैविप्रकोप, वर्दिवास मेडिकल कलेजको लागि वृक्षारोपण कार्य, खेलकुदको ँक्षेत्रमा मिथिला गल्फ रिसोर्ट निर्माण, शैक्षिक तथा स्वास्थ्य क्षेत्रमा यस पृतनाको पृतनापतिको रुपमा वहाँले गर्नुभएको भूमिका अतुलनिय रहेको वताए । मेरो नगरप्रमुखको कार्यकालमा यस पृतनामा आउनुहुने पृतनापतिहरु मध्ये वहाँ संग छृट्टै सम्वन्ध स्थापित हुन पुगेको र यो सम्वन्धलाई वहाँको सैनिक जिवनको कार्यकाल पश्चात पनि निरन्तर दिन चाहेको वताए ।
कार्यक्रमा आफ्नो भनाई राख्दै पृतनापति सिलवालले म तराई संग परिचित नै थिए तर वर्दिवासको वसाईवाट अझ नजिकिन पाएको र यहाँहरुको मायाँ सहयोगलाई सधै नै शिरोपर गर्ने वताए । हामि आफ्नो संस्थाप्रति अनुशासित हुदै आफ्नो सामाजिक भूमिका पनि निर्वाह गर्नुपर्ने भएको हुँदा आफुले सकेको भूमिका निर्वाह गरेको वताए । आफु केहि सयम पश्चात सेवावाट निवृतीभरण हुदै गरेको र त्यसपछि पनि देश र राष्ट्रको सेवामा फरक भूमिकावाट लाग्ने वताए ।
कार्यक्रमका सभाध्यक्ष होटल तथा पर्यटन व्यवसायि संघ महोत्तरीका अध्यक्ष गुन्ज कार्किले पृतनापति सिलवाल ज्यूलाई विदाई गर्नुपर्दा मनभारी भएतापनि यो प्राकृतिक नियमनै भएकोले हार्दिकतासाथ विदाई समारोह राखिएको वताए । साथै वहाँको जागिरे जिवन पश्चात केहि सयम वर्दिवासलाई दिन पनि अनुरोध गरे ।
पृतनापतिलाई प्रमुख अतिथि नगरप्रमुखले सम्मान पत्रले सम्मान गरेका थिए, होटल संघ महोत्तरीका परमेश्वर महतोले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा युवराज पोखरले, शम्भुप्रसाद भट्टराई, दिपेन्द्र पराजुली, रेवन्त कार्कि, विष्णु पुरी लगाएतको उपस्थिति रहेको थियो । विदाई तथा सम्मान कार्यक्रम आयोजक संस्थाका महासचिव नारायण घिमिरेले संचालन गरेका थिए ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...