निकिता खनाल
बर्दिवास
महोत्तरीको बर्दिबास स्थित उद्योग वाणिज्य संघले नेपाल आइडल सञ्चालक समुहलाई सम्मान गरेको छ ।
साँझ साङ्गितिक क्षेत्रमा योगदान पु–र्याउदै आएको नेपाल आइडल सञ्चालक समुहलाई थप हौसला प्रदान गर्न सम्मानित गरिएको बर्दिवास उद्योग बाणिज्य संघका अध्यक्ष विष्णु खड्काले जानकारी दिए ।
‘नेपाल आइडल—५’ का लागि कलाकारको अडिसन (कला, गायन परीक्षण) लिन महोत्तरीको बर्दिबास आएको सञ्चालक समुहलाई स्थानीय विनायक होटलमा आयोजित एक विशेष कार्यक्रम गरी सम्मानित गरीएको हो ।
बर्दिबासमा शुक्रबार सम्पन्न अडिसनमा यस क्षेत्रका ७० भन्दा बढी संगीत प्रेमीले सहभागिता जनाएका थिए । जसमा २० लगभग सहभागीले राम्रो प्रस्तुति गरेर देखाएको बताईएको छ ।